बुधबार, भदौ ३, २०८३

दाङमा जिप दुर्घटना, एक जनाको मृत्यु, ११ घाइते

सल्यानको कालीमाटीबाट दाङको बबई गाउँपालिकातर्फ आउँदै गरेको यात्रुबहाक जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।
 |  सोमबार, कात्तिक २२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २२, २०७८

तुलसीपुर- सल्यानको कालीमाटीबाट दाङको बबई गाउँपालिकातर्फ आउँदै गरेको यात्रुबहाक जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय हंसपुरका प्रहरी प्रमुख सइ टीका महतराका अनुसार दाङको बबई गाउँपालिकातर्फ आउँदै गरेको भे१ज ५२२ नम्बरको जिप दुर्घटनामा परि सल्यान कालीमाटी गाउँपालिका-३ का गाडीधनी अन्दाजी ४० बर्षीय देवबहादुर सुनारको घटनास्थलमै मृत्यु भएको हो। 

दुर्घटनामा ११ जना घाइते भएका छन्। घाइतेमध्ये दुई बालबालिकाको अवस्था गम्भीर रहेको महतराले बताए। जिपका चालक फरार रहेका छन्।  

बबई गाउँपालिका-३ ठाडो खोलामा सोमबार बिहान ९ बजेतिर जिप दुर्घटना भएको र साढे ९ बजेतिर खबर प्राप्त भएसँगै घटनास्थलमा पुगेको महतराले बताए।  घाइतेहरूको उद्धारपछि उपचारका लागि तुलसीपुर पठाएको उनले बताए। दुर्घटनाको कारण खुलेको छैन्। 

प्रकाशित: Nov 08, 2021| 14:16 सोमबार, कात्तिक २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।