धनगढी- दार्चुलामा जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। लेकम गाउँपालिका-६, मेल्लाउँ सिमारमा जिप दुर्घटना हुँदा बैतडीको डिलाशैनी गाउँपालिकाका ७० वर्षीय मध्या नाथ र कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्बर ८ का ७५ वर्षीया पुण्यादेवी नाथ घाइते भएको ईलाका प्रहरी कार्यालय रिठाचौपाताले जनाएको छ।
दार्चुलाको गोकुलेश्वरबाट रिठाचौपाता जाँदै गरेको से१ज ५८३ नम्बरको जिप दुर्घटना भएको प्रहरीले जनाएको छ।