मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • प्रदेश २ : छठका लागि ५ करोडको केरा आयात, मागसँगै बढ्यो मूल्य

प्रदेश २ : छठका लागि ५ करोडको केरा आयात, मागसँगै बढ्यो मूल्य

मिथिलाञ्चलमा भव्यतापूर्वक मनाइने छठको तयारीसँगै केराको माग अकाशिएको छ।
 |  सोमबार, कात्तिक २२, २०७८

जयन्त ठाकुर

जयन्त ठाकुर

सोमबार, कात्तिक २२, २०७८

जनकपुरधाम- मिथिलाञ्चलमा भव्यतापूर्वक मनाइने छठको तयारीसँगै केराको माग आकासिएको छ। व्रतालुहरूले सोमबार विधिवत् पूजाआजा गरेर छठ व्रत आरम्भ गर्दै पर्वमा प्रयोग हुने सामग्री जुटाउने तयारीमा लागेका छन्। छठमा अनिवार्य मानिने फलमा केरा तथा नारिवललगायतका फल पर्छ।

National life

छठसँगै फलफूल मण्डीमा केरा किन्न आउनेहरुको भीड बढेको व्यावसायी बताउँछन्। छठ पर्वको प्रमुख प्रसादको रूपमा प्रयोग हुने केरा किन्न जनकपुरधामका प्रमुख बजारमा केही दिन यता भीड लागेको व्यवसायी भूवनेश्वर पूर्वेले बताए।

विगतका वर्षभन्दा केराको माग मात्र होइन, मूल्य पनि बढेको छ। केही साताअघि ६० देखि ७० रुपैयाँ प्रतिदर्जनमा उपलब्ध भइरहेको केराको मूल्य प्रतिदर्जन २० देखि ३० रुपैयाँले बढेको छ। 

मूल्य बढे पनि केराको आपूर्तिमा भने समस्या नरहेको व्यवसायी बताउँछन्। ‘यो वर्ष केराको अभाव छैन,’ जनकपुरधामस्थित फलफूल मण्डीका पूर्व महासचिव भूवनेश्वर पूर्वेले बताए।

उनका अनुसार जनकपुरधाममा पछिल्लो वर्ष ६० ट्रक केराको आयात गरिएको थियो भने यो वर्ष १०० ट्रक केरा आयात गरिएको छ। ‘पछिल्लो वर्ष २ करोड मूल्य बराबरको केरा आयात गरिएको थियो जबकि यो वर्ष ५ करोडको केरा आयात गरिएको छ,’ पूर्वेले भने।

Laxmi sunrise bank
kumari

जनकपुरमा भारतको हाजीपुर, आसाम, समस्तीपुर, सीतामढीलगायतका क्षेत्रबाट मात्र आयात गरिँदै आएकोमा यस वर्ष नवलपरासीको त्रिवेणीबाट पनि केरा आयात गरिएको छ।

भारतबाट करिब ३ करोड मूल्य बराबरको आयात गरिएको छ भने नवलपरासीबाट २ करोड रुपैयाँ बराबरको ३० ट्रक केरा आयात गरिएको जानकारी अर्का फलफूल व्यवसायी जागेश्वर साहले बताए।

भारतको केरा सस्तो भए पनि नेपाल भित्र्याउँदा भन्सार बढी तिर्नुपर्ने भएकाले केराको मूल्य आकशिएको छ। ‘भन्सार शुल्क पहिला ७ प्रतिशत मात्रै थियो, हाल साढे १३ प्रतिशत पुगेको छ,’ केरा व्यवसायी साहले भने।

भारतबाट मगाउँदा सस्तो पर्ने भए पनि भन्सार शुल्क, ढुवानी खर्चका कारण केरा महंगो हुने गरेको उनी बताउँछन्।

छठका लागि केरा किन्दै गरेका भोगेन्द्र झाले पहिलेको तुलनामा छठ महँगिएको बताए। ‘विगतमा ३ सयको केराले पुग्थ्यो तर यस वर्ष ५ सयदेखि ८ सय रुपैयाँ त केरालाई मात्रै लाग्ने देखिन्छ,’ उनले भने।

प्रकाशित: Nov 08, 2021| 19:05 सोमबार, कात्तिक २२, २०७८
प्रतिक्रिया दिनुहोस्