मंगलबार, फागुन २६, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • टी-२० मा कप्तानका रूपमा कोहलीको अन्तिम खेल, यी चारमध्ये को बन्ला नयाँ कप्तान?

टी-२० मा कप्तानका रूपमा कोहलीको अन्तिम खेल, यी चारमध्ये को बन्ला नयाँ कप्तान?

अब भारतको कप्तान को होला? भन्ने जिज्ञासा बढेको छ। भारतीय मिडियाका अनुसार अब यी चार खेलाडीमध्ये एक भारतको स्थायी कप्तान बन्न सक्ने छन्।
 |  सोमबार, कात्तिक २२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २२, २०७८

काठमाडौं- आईसीसी टी-२० विश्वकप २०२१ भारतका लागि सुखद रहेन। आइतबार अफगानिस्तानमाथि न्यूजिल्यान्डको जितसँगै भारत टी-२० विश्वकपबाट बाहिरिएको छ। भारत र नामिबियाबीच सोमबार हुने खेल विराट कोहलीको टी-२० कप्तानको रूपमा अन्तिम खेल हुनेछ। 

National life

कोहलीले यसअघि नै टी-२० विश्वकप २०२१ पछि टी-२० कप्तानबाट राजीनामा दिने घोषणा गरेका थिए। यस पटक भारत पहिलो पटक विश्वकप (टी-२० र वानडे) मा  पाकिस्तानसँग पराजित भयो।

कोहलीले आगामी दिनमा एकदिवसीय क्रिकेटको कप्तानी पनि गुमाउनु पर्ने हुनसक्छ। २०२३ को एकदिवसीय विश्वकपलाई ध्यानमा राख्दै, बीसीसीआईले टीम इण्डियाका लागि नयाँ कप्तानको खोजी गर्नेछ, जसले विश्वकप जित्न सक्छ। 

२०२३ को एकदिवसीय विश्वकपमा कोहली ३४-३५ वर्षको हुनेछन्। अब भारतको कप्तान को होला? भन्ने जिज्ञासा बढेको छ। भारतीय मिडियाका अनुसार अब यी चार खेलाडीमध्ये एक भारतको स्थायी कप्तान बन्न सक्ने छन्। 

१. रोहित शर्मा

Laxmi sunrise bank
kumari

भारतको नयाँ कप्तान बन्न रोहित शर्मा पहिलो रोजाइ हुनेछन्। शर्मालाई कप्तानको रूपमा ठूला प्रतियोगिता जित्ने माहिर मानिन्छ। शर्माको कप्तानीमा मुम्बई इन्डियन्सले पाँच पटक आईपीएलको उपाधि जितेको छ। 

शर्माले भारतका लागि स्ट्यान्डबाइ कप्तान रहँदा एसिया कप र निदाहास ट्रफी त्रिकोणात्मक सिरिज जस्ता ठूला प्रतियोगिताको ट्रफी जितेका छन्।  शर्मा महेन्द्रसिंह धोनीजस्तै कूल कप्तान मानिन्छन्।

२. ऋषभ पन्त

ऋषभ पन्त भारतीय टीमको कप्तान बन्न सक्ने अर्का खेलाडी हुन्  पन्तले पछिल्ला केही महिनामा भारतका लागि उत्कृष्ट प्रदर्शन गरेका छन्। 

यही कारण तीनवटै प्रारूपमा उनको स्थान पक्का भएको छ। पन्तको दिमाग स्मार्ट छ। पन्तमा कप्तान बन्ने सबै गुण छन्। पन्तले आईपीएलमा दिल्ली क्यापिटल्सको कप्तानी गर्दा उत्कृष्ट प्रदर्शन गरेका छन्।

३. केएल राहुल

भारतलाई नयाँ कप्तान बनाउनु छ भने केएल राहुल विकल्प हुन्। उनले राम्रो प्रदर्शन गरेका छन्। इंग्ल्याण्डमा पनि उनको प्रदर्शन राम्रो थियो। 

उनले आईपीएलका साथै वानडे क्रिकेटमा अन्तर्राष्ट्रिय स्तरमा राम्रो प्रदर्शन गरिरहेका छन्।  अर्को, टी-२० विश्वकप २०२२ अष्ट्रेलियामा हुनेछ। जुन कोभिड-१९ महामारीका कारण एक वर्षका लागि स्थगित भएको थियो। 

भारतले सन् २०२३ मा एकदिवसीय विश्वकप आयोजना गर्नेछ। यस्तो अवस्थामा राहुलसँग भारतको अर्को कप्तान बन्ने मौका छ। राहुल उत्कृष्ट कप्तान, उत्कृष्ट विकेटकिपर र उत्कृष्ट ब्याट्सम्यान हुन्।

४.श्रेयस अय्यर

मुम्बईका २६ वर्षीय ब्याट्सम्यान श्रेयस अय्यरले सन् २०१७ मा भारतीय टोलीबाट आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करियर सुरु गरेका थिए। कप्तानको बारेमा कुरा गर्दा, अय्यरलाई आईपीएल २०१८ मा दिल्ली डेयरडेभिल्स (अहिले दिल्ली क्यापिटल्स) टीमको कप्तानको रूपमा नियुक्त गरिएको थियो। 

यसपछि आईपीएल-२०२० मा दिल्ली क्यापिटल्सको टोलीले फाइनलसम्मको यात्रा तय गरेको थियो। अय्यरले भर्खरै अर्को सिजन दिल्ली क्यापिटल्स छोडेर लिलामीमा आफ्नो नाम दिने निर्णय गरेका छन्। 

अय्यर लामो समयपछि अर्को नयाँ टोलीमा देख्न सकिन्छ। विशेष गरी धेरै टोलीले उनलाई आफ्नो कप्तान बनाउन चाहन्छन्। यो सूचीमा पहिलो नाम आरसीबीको छ। यस सन्दर्भमा उनी भारतीय टोलीको कप्तानीका प्रमुख दावेदार हुन् भन्नु गलत हुने छैन। 

प्रकाशित: Nov 08, 2021| 11:30 सोमबार, कात्तिक २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।