बुधबार, भदौ ३, २०८३

भैरहवामा छठको चहलपहल

तिहारको समापनसँगै रुपन्देहीको भैरहवामा छठ पर्वको तयारी सुरू भएको छ। तराई-मधेसमा छठ पूजाका सामग्रीको जोहोका लागि किनमेल भइरहेको छ।
 |  सोमबार, कात्तिक २२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २२, २०७८

भैरहवा- तिहारको समापनसँगै रुपन्देहीको भैरहवामा छठ पर्वको तयारी सुरू भएको छ। तराई-मधेसमा छठ पूजाका सामग्रीको जोहोका लागि किनमेल भइरहेको छ।

खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो तरकारी, सिङ्गडा, मुला, अदुवाको बोट त्यस्तै माटाका भाडो तथा बाँसका सामग्री खरिद गरिन्छ। यी सामग्री किन्न भैरहवाको मुख्यबजार साथै भारतको सुनौली, नौतनवा, फरेनियामा समेत किनमेलका लागि भिड बढेको छ। 

सूर्यको उपासना गरी मनाइने छठ पर्व भैरहवा तथा आसपासका वासिन्दाले दुई ठाँउमा विधिवत रूपमा मनाउँदै आएका छन्। ५० वर्ष पहिलेदेखि नेपाली सेनाको कालीभक्ति गणमा अवस्थित छठमाई पोखरीमा र भैरहवा उद्योगपुरी हनुमान मन्दिरस्थित पोखरीमा समेत केही वर्षदेखि छठको पूजा गरिँदै आएको छ। 

कात्तिक शुक्ल पक्षको चौथी तिथि सोमबारको दिनबाट छठपर्व विधिवतरूपमा सुरू हुन्छ। पूजाका लागि छठ स्थलमा सरसफाइ तथा सजावटका काम भइरहेका छन्, वेदी बनाउने र ठाउँ सुरक्षित गर्न परिवारले पहिलै नै व्यवस्थापन गरिरहेका छन्। 

सोमबारदेखि सुरू भएको पर्व अन्तर्गत बुधबार साँझ अस्ताउँदो सूर्यलाई र बिहीबार उदाउँदो सूर्यलाई अर्घ दिएपछि सम्पन्न हुन्छ।

छठीमाइका नाममा ब्रत र सूर्यको आराधना गरी तराईमा मनाइने छठ पर्व रूपन्देही जिल्लाभरका साथै मुख्यतया भैरहवा, धकधई, बेथरी, मर्चवार, बुटवल, गैडहवा र आसपासका क्षेत्रका जलाशयमा धुमधामका साथ मनाउने गर्छन्।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म ४ दिनसम्म विभिन्न विधि गर्दै मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व छठ सोमबार देखि सुरु भएको छ। पहिलो दिन सोमबार व्रतालु नुहाई स्वच्छ सात्विक भोजन (खाना) गरेर ब्रत बसिन्छ, जसलाई अरबाइन वा अरबा पनि भनिन्छ।

प्रकाशित: Nov 08, 2021| 10:45 सोमबार, कात्तिक २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।