मंगलबार, फागुन २६, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अमेरिकाले २० महिनापछि सीमा खुला गर्दै, खोप लगाएकाहरूले यात्रा गर्न पाउने

अमेरिकाले २० महिनापछि सीमा खुला गर्दै, खोप लगाएकाहरूले यात्रा गर्न पाउने

अमेरिकाले २० महिनापछि विदेशी यात्रुलाई आफ्नो सीमा खुला गरेको छ। पूर्ण खोप लगाएका विदेशी यात्रुलाई सोमबारदेखि आफ्नो सीमा खुला गरेको हो।
 |  सोमबार, कात्तिक २२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २२, २०७८

न्युयोर्क- अमेरिकाले २० महिनापछि  विदेशी यात्रुलाई आफ्नो सीमा खुला गरेको छ। पूर्ण खोप  लगाएका विदेशी यात्रुलाई सोमबारदेखि आफ्नो सीमा खुला गरेको हो। 

National life

कोरोनाभाईरस बढेपछि सन् २०२० को मार्चमा विभिन्न ३० देशका विदेशी नागरिकलाई यात्रा प्रतिबन्ध लगाइएको थियो। त्यसअघि सोही वर्षको जनवरीमा चिनियाँ यात्रुलाई अमेरिका भ्रमणमा रोक लगाइएको थियो।

यात्रा प्रतिबन्धका कारण कतिपय विदेशी नागरिकहरूले आफ्ना परिवारका सदस्यसँग भेट गर्न पाएका थिएनन्। प्रतिबन्धसँगै अमेरिकाको पर्यटन क्षेत्रले पनि ठूलो मूल्य चुकाएको थियो। 

नयाँ यात्रा प्राधानअनुसार अब अमेरिका यात्रा गर्ने हरेक व्यक्तिले उड्नुअघि पूर्ण खोप लगाएको प्रमाण र पछिल्लो ७२ घन्टाभित्र कोभिड नेगेटिभ देखिएको परीक्षण देखाउनु पर्नेछ। अमेरिकाले सात ओटा खोपलाई मान्यता दिएको छ।

प्रकाशित: Nov 08, 2021| 08:12 सोमबार, कात्तिक २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।