काठमाडौं- काठमाडौं उपत्यकामा दिनहुँ चिसो बढ्दै गएको छ। आइतबारको तुलनामा सोमबार चिसो बढेको हो।
मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंमा आइतबार बिहान १० डिग्री सेल्सियस तापक्रम रहेकोमा आज ९.८ डिग्री सेल्सियसमा झरेको छ।
बिहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ९.८ डिग्री मापन गरिएको महाशाखाले जानकारी दिएको छ।
आइतबार दिउँसोदेखि नै काठमाडौंको मौसम बद्ली भएकाले आज चिसो बढेको महाशाखाले जनाएको छ। महाशाखाले आज काठमाडौंमा मौसम आंशिक रूपमा मात्रै बद्ली हुने जनाएको छ।