मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जग्‍गा बैनादेखि आपसी लेनदेनको कागज पनि अब सरकारी अड्‍डामा 

जग्‍गा बैनादेखि आपसी लेनदेनको कागज पनि अब सरकारी अड्‍डामा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- जग्‍गाको बैना गर्नेदेखि ठेक्का करार सम्झौतासम्म अब सरकारी कार्यालयबाट हुने भएको छ। यसअघि कानून व्यवसायीले आफ्नो लाईसेन्स नम्बर राखेर सही गरेपछि त्यसले सरकारी मान्यता पाउँथ्यो। अब भने कानुन व्यवसायीले यस्ता कागज गराउँदा अनिवार्य सरकारी अड्डामा पुग्नुपर्ने भएको छ। 

यस्ता कागजबाट धेरै ठगिनु परेको र मिलेमतोमा जे पनि हुने गरेको भन्दै कानून् तथा संसदीय मामीला मन्त्रालयले यस्तो ऐन मस्यौदा गरेको छ। सरकारले भदौ १ देखि पुरानो मुलुकी ऐन विस्थापित गर्दै नयाँ ऐन लागु गर्ने तयारी गरेको छ। 

स्रोतका अनुसार जुन बिषयसँग सम्बन्धित कागज बनाउनुपर्ने हो त्यसको सम्झौताका लागि सम्बन्धित कार्यालयमा गरिएको कागजमात्र मान्य हुने गरी ऐनको मस्यौदा गरिएको छ। 

अब जग्गा बैना गर्दा मालपोत कार्यलयको रोहवरमा मात्र हुने गरी कानून बनाउने तयारी भएको छ। यस अघि कानून व्यवसायीको मध्यस्थतामा लिने र दिने दुवै पक्षले घरमा नै कागज गर्न सक्ने ऐन थियो। त्यसैगरी ठेक्का पट्‍टादेखि अन्य कागज पनि सम्बन्धित कार्यालयको रोहबरमा हुने छ। 

कानून न्याय तथा संसदीय मामील मन्त्री शेरबहादुर तामाङले यो बिषयको ऐनको मस्यौदा लगभग तयार भइसकेको नेपाल समयलाई बताए। उनले भने ‘अब  कुनैपनि किसिमको करार सम्झौता र आपसी लेनदेन सरकारी कार्यालयबाट मात्र हुन्छ, अन्यत्रको मान्य हुदैन।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।