बुधबार, भदौ ३, २०८३

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

उदयपु सदरमुकाम गाईघाटमा सवारी दुर्घटनामा एक बृद्धको ज्यान गएको छ।
 |  सोमबार, कात्तिक २२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २२, २०७८

उदयपुर- उदयपु सदरमुकाम गाईघाटमा सवारी दुर्घटनामा एक बृद्धको ज्यान गएको छ। त्रियुगा नगरपालिका-११ गाईघाट बजारस्थित मेन चोकमा अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको ज्यान गएको हो।

मृत्यु हुनेमा त्रियुगा नगरपालिका-११ शान्तिनगर टोलका ८५ वर्षीय पुरोहित कुलप्रसाद भण्डा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।

घाइते भण्डारीको न्यूरो हस्पिटल विराटनगरमा उपचारको क्रममा ज्यान गएको हो। को-१९ प ९६४६ नम्बरको मोटरसाइकल र स-१ ह१६२० नम्बरको अटो ठोक्किएको थियो। मोटरसाइकल पछाडि सवार भण्डारीको ज्यान गएको हो। 

अटो चालक चौदण्डीगढी नगरपालिका-७ का नरबहादुर कार्कीले चलाएको थियो।

प्रकाशित: Nov 08, 2021| 07:24 सोमबार, कात्तिक २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।