आइतबार, असोज २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पहाडी क्षेत्रमा आंशिक बदली र हिमाली क्षेत्रमा हिमपात हुने

पहाडी क्षेत्रमा आंशिक बदली र हिमाली क्षेत्रमा हिमपात हुने

नेपालमा अरब सागरमा विकसित भइरहेको निम्न चापीय प्रणालीको प्रभाव परेको छ।
 |  सोमबार, कात्तिक २२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २२, २०७८

काठमाडौं- नेपालमा अरब सागरमा विकसित भइरहेको निम्न चापीय प्रणालीको प्रभाव परेको छ। जसकारण सोमबार बिहान देशभर आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

दिउँसो प्रदेश १ र गण्डकीमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १ र गण्डकीका हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशभर आंशिक बदली रहने छ। गण्डकी प्रदेशका हिमाली भूभागका  केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

मंगलबार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १ र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

प्रकाशित: Nov 08, 2021| 07:01 सोमबार, कात्तिक २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।