आइतबार, मंसिर २१, २०८२

सल्यान बस दुर्घटना : मृतक १२ जनाकै पहिचान खुल्यो

सल्यानमा आइतबार भएको बस दुर्घटनामा मृतक १२ जनाकै पहिचान खुलेको छ। मृत्यु हुनेहरुमा सल्यान र दाङका ६-६ जना रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।
 |  आइतबार, कात्तिक २१, २०७८

देव राना

देव राना

आइतबार, कात्तिक २१, २०७८

सल्यान- सल्यानमा आइतबार भएको बस दुर्घटनामा मृतक १२ जनाकै पहिचान खुलेको छ। मृत्यु हुनेहरुमा सल्यान र दाङका ६-६ जना रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ। 

National life

सल्यानका मृतकमा शारदा नगरपालिका-२ कि ६१ वर्षीया मीना डाँगी, शारदा नगरपालिका- ३ की ६६ वर्षीया लीला बुढाथोकी, शारदा नगरपालिका-१२ (दाङको तुलसिपुर उपमहानगरपालिका ६ बस्ने) की ५३ वर्षकी प्रभा चलाउने, त्रिवेणी गाउँपालिका-१ काभ्रा की २४ वर्षीया मीना शाही, छत्रेश्वरी गाउँपालिका-२ का २९ वर्षीय तिलक ओली र त्रिवेणी गाँउपालिका-४ की ९ वर्षीया सरिता बोहरा रहेका छन्।

त्यस्तै दाङका मृतकमा शान्तिनगर गाउँपालिका-६ कोरवाङका ५ वर्षीय सुरज ओली, शान्तिनगर-८ की ३५ वर्षीया सावित्रा केसी, घोराही उपमहानगरपालिका १० की ३६ वर्षीया रुपा केसी, घोराही उपमहानगरपालिका नारायणपुरकी-६५ वर्षीया ईन्द्रा अधिकारी, बबई गाउँपालिका-४ की ६० वर्षीया डुली रेउले र बबई गाउँपालिका-६ की ७० वर्षीया कलावती बुढाथोकी छन्। 

घटनास्थलमै ८ जना र उपचारका क्रममा ४ जना मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता अर्जुन पौडेलका अनुसार मृत्यु हुनेहरू १० महिला र २ जना पुरुष हुन्। मृतक सबै तिहार मनाएर घर र कर्मथलो फर्कने क्रममा थिए।

दुर्घटनामा परी १५ जना गम्भीर भएका छन्। घाइते हुनेहरू रोल्पा र एकजनासहित अधिकांश सल्यान र दाङका रहेका छन्। गम्भीर घाइते ८ जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उपचारका लागि नेपालगञ्ज लगिएको छ। उनीहरुको नेपालगञ्जका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Laxmi sunrise bank
kumari

सल्यानको जयतपानीबाट दाङको तुल्सीपुरतर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका–५ खारखोलामा बिहान पौने ११ बजेतिर दुर्घटना भएको थियो। तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ। बस सडकबाट करिब सय मिटर तल खसेको छ। गाडी चालक अहिलेसम्म फरार भएका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 07, 2021| 21:45 आइतबार, कात्तिक २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।