मंगलबार, असार ३०, २०८३

चार हात, चार खुट्टा भएको अनौठो बच्चाको जन्म

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- टीकापुर अस्पतालमा अनौठो नवजात शिशुको जन्म भएको छ। जानकी गाउँपालिका-३ लायकपुरकी २२ वर्षीया शान्ति चौधरीले अनौठो शिशु जन्माएकी हुन्।

नवजात शिशुको चार हात, चार खुट्टा र २ मेरुदण्ड रहेको छ। मेडिकल सुपरिटेन्डेन्ट डा. नरेन्द्रकुमार खनालले राति ११ बजेतिर शिशु जन्मिएको बताए। नवजात शिशु स्वस्थ रहेको अस्पतालले जनाएको छ।

परिवारका अनुसार आमालाई सोमबार दिउसो ३ बजे व्यथा लागेको थियो। उनलाई राति १० बजे मात्रै अस्पताल पुर्‍याईएको थियो। अस्पताल पुर्‍याएको केही समयमा नर्मल डेलिभरी भएको डा. खनालले जानकारी दिए। चौधरीको यो पहिलो सन्तान हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।