बुधबार, भदौ ३, २०८३

काठमाडौंका रानीपोखरी र कमलपोखरीमा छठ पूजा नगरिने

काठमाडौंको रानी पोखरी र कमल पोखरीमा भने छठ पूजा नगरिने भएको छ। निर्माण कार्यले पूर्णता नपाएकाले कमल पोखरीमा छठ पर्व यस वर्ष मनाइने छैन।
 |  आइतबार, कात्तिक २१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २१, २०७८

काठमाडौं– मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठ पर्वको तयारी काठमाडौंमा पनि सुरु गरिएको छ। तराईका जिल्लामा मनाइने यो पर्व पछिल्लो समय काठमाडौं उपत्यका र पहाडी क्षेत्रमा समेत मनाउन थालिएको छ। 

यसै अवसर पारेर गौरीघाटमा छठी माताको पूजाका लागि छठ घाट निर्माणको काम भइरहेको छ। छठ पूजा समिति कार्यालयको स्थापना गरेर त्यसको निर्माण कार्यलाई तीव्रता दिइएको हो। काठमाडौंको रानी पोखरी र कमल पोखरीमा भने छठ पूजा नगरिने भएको छ। निर्माण कार्यले पूर्णता नपाएकाले कमल पोखरीमा छठ पर्व यस वर्ष मनाइने छैन। 

गहना पोखरी, नाग पोखरी, बागमती नदी किनारामा भने छठी माताको पूजा गर्न सरसफाइ गर्न थालिएको छ। त्यसैगरी पहाडी जिल्लाका कतिपय नदी, किनारा र पोखरीमा पनि यो पर्व मनाउन तयारी थालिएको छ। 

प्रकाशित: Nov 07, 2021| 19:05 आइतबार, कात्तिक २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।