मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

लुम्बिनीको पर्यटनमा जीर्ण सडक बन्यो बाधक

पसल बन्द गर्ने कि नगर्ने भन्ने कुरामा हामी दोधारमा हुन्थ्यौं। तर यसपालि त्यस्तो देखिएन। लुम्बिनी कोरोनाबाट मुक्त छ भनेर प्रस्टसँग भन्न सक्छौं। तर व्यवसाय बढेको छैन।’
 |  आइतबार, कात्तिक २१, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २१, २०७८

बुटवल– कोरोना संक्रमणको जोखिम कम भएसँगै लुम्बिनी क्षेत्रमा आन्तरिक/बाह्य पर्यटकको आवागमन बढ्ने अनुमान छ। तर सडकको अवस्था दयनीय रहेकाले पर्यटन व्यवसायी त्यति उत्साहित देखिँदैनन्। लुम्बिनी क्षेत्रसम्म पुग्ने सडक मार्गहरुमा मर्मत र विस्तारको काम चलिरहेको छ। घाम लाग्दा सडकमा धुलो उडेर यात्रीलाई सास्ती हुने गरेको छ भने पानी परेका कारण हिलाम्मे हुँदा सवारी आवागमनमा पनि समस्या हुने गरेको छ। 

triton college

नारायणगढ हुँदै लुम्बिनी पुग्ने पूर्वपश्चिम राजमार्ग विस्तार भइरहेको छ। यस्तै भैरहवा–लुम्बिनी सडक खण्डको मर्मतसम्भार भइरहेको छ। सडकको अवस्थाले पर्यटकीय मौसममा पनि लुम्बिनी क्षेत्रका होटल पर्यटन व्यवसायीले लाभ लिन सकेका छैनन्। 

काठमाडौंबाहिरका धेरै पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको घुइँचो बढ्दा लुम्बिनी क्षेत्र सामान्य छ। लुम्बिनी होटल संघका महासचिव पुरुषोत्तम अर्यालले लुम्बिनी क्षेत्रको १५ प्रतिशत होटल मात्रै सञ्चालनमा आउन सकेको बताए। 

उनले भने, ‘विगतमा दसैं र तिहारको बीचमा लुम्बिनी क्षेत्र घुम्न आउने पर्यटक धेरै भएर सेवा दिन भ्याइ नभ्याइ हुने गरेको तर यो वर्ष खासै पर्यटक आएका छैनन्।’

विगतमा पसल बन्द गर्ने कि नगर्ने भन्ने कुरामा हामी दोधारमा हुन्थ्यौं। तर यसपालि त्यस्तो देखिएन। लुम्बिनी कोरोनाबाट मुक्त छ भनेर प्रस्टसँग भन्न सक्छौं। तर व्यवसाय बढेको छैन। 

व्यवसायीका अनुसार होटलहरु १५ प्रतिशत मात्रै राम्रोसँग चलिरहेका छन्। अर्यालले भने, ‘शून्यमा रहेको व्यवसाय १५ प्रतिशतमा पुग्यो। अब बिस्तारै सहज होला।’ पर्यटकीय मौसममा पनि  विदेशी पाहुना आगमनको अपेक्षा नगरिएको उनले बताए। उनले भने, ‘आन्तरिक पर्यटक बढछन्  कि भन्ने आशा राखेका छौं। विद्यार्थी, संघसंस्था, लगायतको आगमन केही मात्रामा बढ्न सक्छ।’

Metro Mart
vianet


कोरोना महामारीका कारण विगत दुई वर्षदेखि लुम्बिनीका पर्यटन व्यवसायी मारमा परेका छन्।  व्यवसायीका अनुसार दुई वर्षअघिसम्म दसैं र तिहारको बीचमा धेरै व्यापार हुन्थ्यो। सेप्टेम्बरपछि विदेशी पर्यटक आउन थाल्थे। अर्यालले भने, ‘पसल बन्द गर्ने कि नगर्ने भन्ने कुरामा हामी दोधारमा हुन्थ्यौं। तर यसपालि त्यस्तो देखिएन। लुम्बिनी कोरोनाबाट मुक्त छ भनेर प्रस्टसँग भन्न सक्छौं। तर व्यवसाय बढेको छैन।’ 

लुम्बिनीलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले पनि सीधा जोड्दै छ। आन्तरिक पर्यटक पनि थपिँदै जाने निश्चित छ। यस्तो अवस्थामा अविलम्व सडक सुधार गर्नुपर्ने व्यवसायी बताउँछन्। 

प्रकाशित: Nov 07, 2021| 15:52 आइतबार, कात्तिक २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।