स्वस्थ जीवनका लागि रक्तराचको महत्त्वपूर्ण भूमिका हुन्छ। त्यसैले सधैं मानिसले मेरो रक्तचाप कति छ भन्ने कुरामा ध्यान दिनुपर्छ। हामीमध्ये अधिकांश रक्तचापका विषयमा अन्योलमा छौं। सामान्य अवस्थामा माथिको सिस्टोलिक ब्लड प्रेसर १२० रतलको डायस्टोनिक ब्लडप्रेसर ८० हुनुपर्छ।
माथिको रक्तचाप १४० भन्दा बढी वा तलको ब्लडप्रेसर ९० भन्दा बढीलाई उच्च रक्तचाप भनिन्छ। अहिले केही मापदण्ड फेरिएका पनि छन्। अमेरिकन गाइडलाइनहरूले माथिको ब्लडप्रेसर १३० वा माथि ८० वा माथि भएर केही दिनसम्म रहिरह्यो भने उच्च रक्तचापको औषधि खान जरुरी हुन्छ भनेका छन्।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) काो मापदण्ड भने १४० र ९० भन्दामाथिलाई उच्च रक्तचाप मान्ने र तीनदेखि ६ महिनासम्म जीवनशैली नियन्त्रण हुन सकेन भने औषधि खानुपर्छ। १३९ हुँदा प्रेसरको औषधि नखाने १४० मा औषधि खाने भन्ने कुरा कति उपयोगी हो? एक प्वाइन्टले यो त हुन सक्दैन भन्ने कुरा पनि आउँछ। त्यसैले यो क्राइटएरिया व्यक्तिपिच्छे फरक हुनुपर्छ।
मोटो र दुब्लो मानिसको रक्तचाप फरक हुनसक्छ। २० वर्षको व्यक्ति र ७० वर्षको व्यक्तिको उपचार सेवामा पहुँन फरक हुन्छ। महिला र पुरुषमा पनि फरक हुन्छ। त्यसैले सबैका लागि एउटै उपचार प्रक्रिया र मापदण्ड उपयाेगी हुँदैन।
कुनै व्यक्तिको पिसावब प्रोटिन निस्किरहेको छ भने उसको मिर्गौंलामा असर गरेको र मुटु कमजोर छ भन्न सकिन्छ।
१००/६० भन्दा मुनि जानुलाई लो प्रेसर भनिन्छ। यो पनि व्यक्तिपिच्छे फरक हुन सक्छ। धेरैले मेरा लागि यो ब्लड प्रेसर ठिक हो भन्छन्। १५० मा मानिस कम्फरटेबल भएका मानिसले मेरो पहिलादेखि नै यस्तै हो भन्छन्। जुन रक्तचापले मुटु, मिर्गौला र अन्य संवेदनशील अंगमा हानि गर्छ भने त्यो ब्लडप्रेसर हाई हो। त्यस्ता व्यक्तिले औषधि सेवन गर्नुपर्छ। कुनै व्यक्तिको १३०/८५ प्रेसरले मुटुमा असर गरेको हुन्छ। कुनैमा १४० मा पनि असर गरेको हुँदैन। जसको अंगमा असर गरेको छ त्यसलाई हाई प्रेसर मान्नुपर्छ। त्यसैले रोगअनुसार उच्च रक्तचापको उपचारमा फरक पर्छ।
कसैलाई डायबिटिज भए उसको ब्लडप्रेसर कम हुनुपर्छ। अनि मात्रै त्यस्ता व्यक्तिलाई मुटु रोग, मिर्गौला रोग लगायत अन्य जटिल रोगबाट जोगाउन सकिन्छ। कुनै व्यक्तिको ब्लड प्रेसर १३० छ र उसले चुरोट खान्छ र अर्को १३५ छ उसले चुरोट खाँदैन भने उपचार फरक हुन सक्छ। चुरोट पिउने, डायबिटिज भएको व्यक्ति, मुटु, मिर्गाैलाको समस्या भएको व्यक्ति र स्ट्रोक भएको व्यक्तिको रक्तचाप सामान्यभन्दा लो उत्तम मानिन्छ। किनभने यस्ता रिक्स फ्याक्टरले प्रभावित गर्छ। दीर्घकालमा हाई ब्लडप्रेसर भएका व्यक्तिलाई कति असर गर्छ भन्ने कुरामा ध्यान दिनुपर्छ। त्यहीअनुसार उपचार पनि थाल्नुपर्छ।
एउटा रक्तचापको रिडिङलाई लिएर मात्र उपचार गरिँदैन। रक्तचापसँगसँगै उसको कोलस्ट्रोल, किड्नी, मुटुमा रक्तचापले कति असर गरेको छ जस्ता कुरामा विशेष ध्यान दिएर उपचार गरिन्छ। त्यसपछि उसको नर्मल ब्लड प्रेसर कति हुनुपर्यो र तार्गेट ब्लडप्रेसर कति हुनुपर्यो भन्ने कुरामा ध्यान दिनुपर्छ। मानौं कुनै व्यक्तिको पिसावब प्रोटिन निस्किरहेको छ भने उसको मिर्गौंलामा असर गरेको र मुटु कमजोर छ भन्न सकिन्छ। मुटुको भल्बमा लिकेज भए उसको रक्तचाप १२० भन्दा मुनि र ८० भन्दा मुनि भएको राम्रो हुन्छ।
औषधि सेवन गर्दा रक्तचाप १२० भन्दा माथि हुनु राम्रो होइन। औषधि सेवन गरिसकेपछि ब्लडप्रेसरलाई १२०/८० को बीचमा राख्नु राम्रो मानिन्छ। तर, अहिलेसम्मको अध्ययनलाई हेर्दा १२०/८० ब्लडप्रेसर भएको राम्रो मानिन्छ। तर, गर्भावस्थामा प्रेसर कति हुनुपर्छ, युवा अवस्थामा कति हुनुपर्छ भन्ने कुरामा ध्यान दिनुपर्छ। २० वर्षको युवाको प्रेसर हाई भए के गर्ने? त्यस्ता व्यक्तिका लागि इन्डिभिजियोल प्लान तयार गर्नुपर्ने हुन्छ। यो भनेको अरु अवस्थामा पनि भर पर्ने गर्छ। अवस्था ब्लडप्रेसरको मापन गरिन्छ। जुन ब्लडप्रेसरले मानिसलाई असर गरेको छैन त्यो नै कुनै व्यक्तिका लागि सुटेबल ब्लडप्रेसर हो।