मंगलबार, असार ३०, २०८३

महासमिति बैठकका लागि शीर्ष नेताहरु छलफलमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । पार्टीको आसन्न महासमितिको बैठकको तयारीका लागि उनीहरु छलफलमा जुटेका हुन् । 

छलफलका लागि पार्टी सभापति शेरबहादुर देउवाले बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शंशाख कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायतका नेताहरुलाई डाकेका छन् । 'बैठकमा आउनु पर्यो भनेर सभापति देउवाले फोन गर्नु भएको छ । सायद महासमिति बैठकको बारेमा छलफल गर्न होला ।' नेता सिटौलाले भने ।

पार्टीको आसन्न महासमितिको बैठकको तयारीका लागि दिउसो दुई बजेपछि बस्नेगरी हुन लागेको बैठकमा शिर्ष नेताहरुको बैठक डाकिएको देउवाको निजि सचिवालयले जनाएको छ ।

काँग्रेसको महाधिवेशन पछिको ठुलो कार्यक्रमका रुपमा लिइने महासमितिको बैठक विषेश गरेर पार्टीको विधान संशोधनमा केन्द्रित हुने गर्दछ । हरेक बर्ष बोलाउनु पर्ने बैधानिक व्यवस्था भएपनि देउवा नेतृत्वको केन्द्रीय समिति आएपछि अहिले पहिलो पटक महासमितिको बैठक बोलाइएको छ ।

काँग्रेसका युवा नेताहरु चन्द्र भण्डारी, गगनकुमार थापा लगायतका नेताहरुले निर्वाचनमा पार्टी पराजित भएलगत्तै महासमिति बैठक बोलाउन माग गरेका थिए । उनीहरुकै दवाव अनुसार काँग्रेस केन्द्रीय समितिले आउदो भदौमा महासमितिको बैठक बोलाउने निर्णय गरेको छ । तर मिति र स्थान भने तय भईसकेको छैन ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।