मंगलबार, असार ३०, २०८३

कर्णालीमा हवाई उडान बन्द, यात्रु अलपत्र

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
बाँके- निरन्तर भारी वर्षाका कारण नेपालगञ्जबाट कर्णालीका पहाडी जिल्लाका लागि हुने हवाई उडान सेवा ठप्प भएको छ । 

आइतबार साँझदेखि शुरु भएको वर्षाले नेपालगञ्जबाट कर्णाली क्षेत्रअन्तर्गतका जिल्लामा हुने सबै हवाई उडान सोमबारदेखि बन्द रहेको नागरिक उड्डयन कार्यालय, नेपालगञ्जका सूचना अधिकारी कृष्ण गौतमले बताए । 

नेपालगञ्जबाट जुम्ला, हुम्ला, डोल्पा र मुगुमा दैनिक उडान हुने गरेका छन् । हुम्लाका लागि उडान नहुँदा ५०० भन्दा बढी भारतीय तीर्थयात्री यहाँका विभिन्न होटलमा अलपत्र परेका छन् । 

कर्णालीबाहेक काठमाडौँको उडान मात्र नियमित रहेको सो कार्यालयले जनाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।