मंगलबार, असार ३०, २०८३

जिल्ला नछाड्न सिडियोलाई गृहको निर्देशन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडाैं- लगातारको वर्षासंगै बाढीपहिरोको प्रकोप बढेपछि गृहमन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडियो) लाई जिल्ला नछाड्न निर्देशन दिएको छ । 

बाढीपहिरोको जोखिम बढेसंगै उद्धार र राहतका काम तल्काल थाल्नु पर्ने भन्दै गृहले सबै जिल्लाका सिडिओ र प्रहरी प्रमुखलाई जिल्ला नछाड्न कडा सर्कुल जारी गरेको हो । गृहले उद्धार र राहतका काममा सक्रिय हुन समेत निर्देशन दिएको छ । 

विपद्बाट क्षति हुनासाथ उद्धार र राहत तत्काल पु¥याउन र त्यसमा कुनै कसर बाँकी नराख्न जिल्लामा विशेष निर्देशन दिएको गृह प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए ।  यस्तै गृह मन्त्रालयले विपद् प्रभावित क्षेत्र र सम्भावित जोखिमयुक्त जिल्लामा उद्धारका लागि हेलिकप्टर समेत तैनाथ गर्न नेपाली सेनालाई आग्रह गरेको छ।

अहिले विपद् व्यवस्थापनका लागि केन्द्रमा प्रधानमन्त्रीको अध्यक्षतामा विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद् रहेको छ भने प्रदेशमा मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश विपद् व्यवस्थापन समिति र सबै स्थानीय तहमा स्थानीय तहका प्रमुखको अध्यक्षतामा स्थानीय विपद् व्यवस्थापन समिति रहेको छ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।