मंगलबार, असार ३०, २०८३

सल्यानमा भरुवा बन्दुकसहित तीन पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
रुकुम– सल्यान प्रहरीले चार नाल भरुवा बन्दुकसहित तीनजनालाई पक्राउ गरेको छ । 

सल्यान जिल्लाको कुमाख गाउँपालिका–३, चिनाली बजारका विभिन्न घर तलासी गर्दा भरुवा बन्दुकसहित आइतबार साँझ उनीहरु पक्राउ परेको सल्यान प्रहरीले जानकारी दिएको छ । 

प्रहरीले गोप्य सूचनाका आधारमा घरतलास गर्दा कुमाख गाउँपालिका–३ का छविलाल चलाउने, सोही ठाउँका मानबहादुर राना र शेरबहादुर पुनलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको सल्यान जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भरत विकले जानकारी दिए । उनीहरुको साथबाट प्रहरीले एक नाल ब्यारेल, फलामका छर्रा, बारुद र केप पनि नियन्त्रणमा लिएको उनले बताए ।  

जिल्ला प्रहरी कार्यालय, सल्यानमा बन्दुक भएको सूचना आएपछि प्रहरी निरीक्षक भानु शर्माको नेतृत्वमा प्रहरी टोली खोजतलास गर्न गएको थियो । पक्राउ परेकालाई हातहतियार खरखजानाअन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक विकले बताए ।  

समाजमा शान्ति सुव्यवस्थामा खलल पार्नसक्ने भन्दै सल्यान प्रहरीले अवैध हातहतियार खरखजाना नियन्त्रण गर्न विशेष अभियान चलाएको बताइएको छ । यसभन्दा पहिले पनि यहाँ चार नाल घरेलु हतियार फेला परेको सल्यान प्रहरीले जानकारी दिएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।