मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

दाङमा जनगणना गर्न खटिए ८ सय ६ गणक

दाङमा राष्ट्रिय जनगणनाको तयारी अन्तिम चरणमा पुगेको छ। दाङमा जनगणनाका लागि ८ सय ४ जना गणक खटिने भएका छन्।
 |  बुधबार, कात्तिक १७, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १७, २०७८

दाङ- दाङमा राष्ट्रिय जनगणनाको तयारी अन्तिम चरणमा पुगेको छ। दाङमा जनगणनाका लागि ८ सय ४ जना गणक खटिने भएका छन्। 

triton college

सुरुमा ७ सय १६ जना गणकहरू आवश्यक पर्ने भनिए पनि बसोबास गर्ने नागरिकको संख्या बढी भएको हुँदा थप ९० जना गणक खटिन लागेको जनगणना कार्यालय दाङका प्रमुख तुलसीराम पोखरेलले जानकारी दिए। 

उनका अनुसार तुलसीपुरमा १२८, घोराहीमा २४५, बंगलाचुलीमा २५, दंगिशरणमा २६, बबईमा ३४, शान्तिनगरमा ३३, लमहीमा ७२ जना गणक खटिने भएका छन्। राप्तीमा ७६ जना, गढवामा ९१ जना, राजपुरमा ३८ जना गणक खटिने भएका छन्। 

जनगणनाका लागि सुपरिवेक्षकले घर सूचीकरण गर्ने काम सकिएको छ। गत भदौ ३० गतेदेखि असोज १८ गतेसम्म सुपरिवेक्षकले घर सूचीकरण गर्ने काम सकिसकेका छन्। 

अहिलेसम्म उनीहरूको २५ प्रतिशत काम सकिएको छ। अब गणकको कामलाई अनुगमन गर्ने, वडामा सामुदायिक प्रश्नावली भर्ने काम र अन्तिम फाइल बुझाउने काममात्र बाँकी रहेको पोखरेलले बताए। दाङसहित देशभर यही कार्तिक २५ गतेबाट जनगणना सुरु भएर मंसिर ९ गते सकिने छ। 

Metro Mart
vianet

प्रकाशित: Nov 03, 2021| 21:45 बुधबार, कात्तिक १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।