मंगलबार, असार ३०, २०८३

अखबार : बाढीपहिरोको वितण्डा, शिक्षामन्‍त्री चलखेलमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राजधानीबाट प्रकाशित मंगलबारका राष्ट्रिय दैनिक पत्रिकाहरुले लगातारको वर्षासंगै आएको बाढी पहिरोले मच्चाएको वितण्डालाई मुख्य समाचार बनाएका छन् । 

आइतबारदेखि देशभर परेको अविरल वर्षासंगै देशका विभिन्न ठाउँमा बाढी पहिरो जाँदा ११ जनाको मृत्यु भएको छ भने हजार भन्दा धेरै घर डुवानमा परेका छन् । विभिन्न ठाउँका राजमार्ग अवरुद्ध भएका छन् भने कतिपय स्थानको उडान समेत ठप्प भएको छ । 

यसै विषयलाई मुख्य समाचार बनाउँदै आजको कान्तिपुर दैनिकले 'बाढीपहिरोको वितण्डाः ११ को मृत्यु, हजार घर डुबे' शीर्षकमा मुख्य साचाचार छापेको छ ।

उसले समाचारमा लेखेको छ –देशका विभिन्न भागमा आएको बाढीपहिरोले ११ जनाको मृत्यु हुनुका साथै तराई क्षेत्रमा हजार भन्दा बढी घर डुवानमा परेका छन् । डुवानग्रस्त क्षेत्रका पीडित घर छाडेर सुरक्षित स्थानतर्फ लागेका छन् भने सरकारको उद्धार प्रयास अत्यन्तै फितलो देखिएको छ । गृहमन्त्रालयका अनुसार अत्याधिक वर्षाबाट ८ जिल्ला प्रभावित भएको कान्तिपुरले लेखेको छ । 

अन्नपूर्ण पोस्टले पनि बाढीपहिरोको वितण्डालाई नै मुख्य समाचार बनाउँदै 'पहाडमा पहिरो, मधेसमा बाढीः कम्तिमा दर्जनको मृत्यु' शीर्षकमा खबर छापेको छ । बाढीपहिरो जोखिम बढेसंगै गृहमन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई जिल्ला नछाड्न सर्कुलर जारी गरेको पनि अन्नपूर्णले लेखेको छ । 

'असारे झरीले पहाडमा पहिरो, तराईमा डुवान' शीर्षकमा एङ्कर न्युज छापेको आजको नयाँ पत्रिका दैनिकले 'आफैँले ल्याएको कानुनविपरीत सम्बन्धन दिने शिक्षामन्त्रीको तयारी' शीर्षकमा मुख्य समाचार छापेको छ ।

उसले लेखेको छ – अघिल्लो पटक शिक्षामन्त्री हुँदा आफैले बनाएको नियमलाई लत्याउँदै शिक्षामन्त्री गिरिराजमणी पोखरेलले नयाँ नियम बनाउने तयारी गरेका छन् । अघिल्लो पटक विद्यालय चलाउन आफ्नै जग्गा र भवन अनिवार्य हुनु पर्ने नियम बनाएका उनले यसपाली भने मेडिकल कलेज चलाउन अस्पताल नभए पनि हुने नियम बनाउने तयारी गरिरहेका छन् । 

नागरिक दैनिकले भने चिकित्सा शिक्षा विद्येयक बनाउदा प्रस्तावनामै चलखेल भएको विषय र बजेट सक्नकालागि गरिने असारे विकास अझै नरोकिएको विषयलाई प्राथमिकताका साथ छापेको छ । उसले नेपालमा कानुनी रुपमा अवैद्य खेल मानिने तास १ वर्षमा १२ करोडको आयात हुने गरेको खबर पनि पहिलो पृष्ठमा छापेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।