मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

निर्वाचनको चर्चासँगै मतदाता नामावली दर्ता गर्नेको लहर

निर्वाचन कहिले हुने भन्ने टुंगो नलागे पनि कपिलवस्तुमा मतदाता नामावली दर्ता गर्न उत्साह छाएको छ। नामावली दर्ताका लागि दैनिक सयभन्दा धेरै जनता आउने गरेको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका प्रमुख ज्ञानुराम पन्थीले बताए।
 |  मंगलबार, कात्तिक १६, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १६, २०७८

कपिलवस्तु- सरकार ढल्ने र गठन हुने प्रक्रियासँगै देशमा अर्ली इलेक्सन र स्थानीय निर्वाचनको चर्चा चल्न सुरु गरेको छ। निर्वाचन कहिले हुने भन्ने टुंगो नलागे पनि कपिलवस्तुमा मतदाता नामावली दर्ता गर्न उत्साह छाएको छ। नामावली दर्ताका लागि दैनिक सयभन्दा धेरै जनता आउने गरेको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका प्रमुख ज्ञानुराम पन्थीले बताए। 

triton college

कार्यालयका अनुसार चालू आर्थिक वर्षमा मात्र नौ हजार ६७७ मतदाता थपिएका छन्। कार्यालयमा नामावली दर्ताका लागि महिलाको चहलपहलसमेत बढेको छ। सरकारले बाल पोषण अनुदानका लागि कपिलवस्तु जिल्ला छनोट गरेपछि मधेसी र मुस्लिम समुदायका महिलाले नागरिकता बनाउन चासो दिएका थिए। नागरिकता बनेसँगै उनीहरू मतदाता नामावलीमा दर्ताका लागि कार्यालयमा आउने गरेको बताइएको छ। 

जिल्लाका तीनवटा निर्वाचन क्षेत्रमा चालू आर्थिक वर्षमा चार हजार ४६८ महिला मतदाता थप भएका छन्। यसैगरी पाँच हजार २०९ पुरुष मतदाता थप भएका छन्। जिल्लाभर कुल मतदाताको संख्या तीन लाख ५० हजार ११४ रहेको छ, जसमध्ये एक लाख ५९ हजार ९३ महिला र एक लाख ९१ हजार १९ जना पुरुष छन्। 

जिल्लामा दुई जना तेस्रो लिंगीसमेत मतदाता नामावलीमा समावेश भएका छन्। हाल जिल्लामा निर्वाचन कार्यालयको अलावा जिल्ला प्रशासन कार्यालय कपिलवस्तु र इलाका प्रशासन कार्यालय चन्द्रौटाबाट समेत नामावली दर्ता भएको बताइएको छ। मतदाता नामावलीमा दर्ता गर्नेको संख्या बढे पनि दर्ता केन्द्रको संख्या कम हुँदा सेवाग्राहीलाई सास्ती भएको सामाजिक अभियन्ता शिवलाल यादवले बताए। 


प्रकाशित: Nov 02, 2021| 04:00 मंगलबार, कात्तिक १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।