मंगलबार, असार ३०, २०८३

देउवा ‘ग्रान्ड डिजाइन’मा फसेको सिटौलाको आरोप

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं– कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पार्टी सभापति शेरबहादुर देउवा केही व्यक्तिको निजी स्वार्थ र ग्रान्ड डिजाइनमा फसेको आरोप लगाएका छन्।

‘हाम्रा सभापतिले पार्टीभित्रै लोकतान्त्रिक आचरण र व्यवहार देखाउनुभएको छैन। कांग्रेसभित्रै अधिनायकवादी व्यवहार छ भन्दै कम्युनिस्टले हामीमाथि संगीन आरोप लगाउन थालेका छन्,’ सिटौलाले भने, ‘अब हामी कम्युनिस्ट सत्ताको अधिनायकवादविरुद्ध कुन नैतिकताले लड्ने हो ?’

‘कांग्रेसले राजनीतिक मुद्दा जित्यो ः निर्वाचन परिणाम हा¥यो, अब कसो गरेर उँभो लाग्छ’ विषयक अन्तरक्रियामा सिटौलाले भने, ‘हाम्रा सभापतिको चाल हेर्दा उहाँ सच्चिने बाटोमा हुनुहुन्न।’

करिब १८ वर्ष कांग्रेस सभापति र पाँच पटक प्रधानमन्त्री भएर देशको नेतृत्व गरेका कोइरालाको ९४औं जन्मोत्सव पार्टीले औपचारिक आयोजना गरेर नमनाएकामा सिटौलाले दुःख व्यक्त गरे। 

कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले कोइरालाले अगाडि बढाएको राजनीतिक परिवर्तनका एजेन्डालाई पार्टीले कार्यान्वयन गर्न नसक्दा कांग्रेस जन्मिँदा सात प्रतिशतमा रहेका कम्युनिस्ट बढेर ५१ प्रतिशत पुगेको बताए।

केन्द्रीय सदस्य उमाकान्त चौधरीले पार्टीमा विकृति बढेको तथा संविधान र पार्टी विधान समावेसी भए पनि व्यवहारमा पार्टी समावेसी नभएको गुनासो  गरे। पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलले नेताको छोरा पार्टीको नेतृत्वमा आउने कि जनताको छोरा भन्ने विषयमा बहस चलाउन आग्रह गरे।

पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले पार्टीमा सिनियर र जुनियरले भन्दा पनि क्षमता, योग्यता र क्रियाशीलताको मूल्यांकनका आधारमा अवसर र जिम्मेवारी दिनुपर्ने बताए। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।