काठमाडौं–प्रधानसेनापति राजेन्द्र क्षत्री मंगलबार चीन भ्रमणमा जाँदैछन्। चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा सेनापति क्षत्री १० दिन लामो चीन यात्रामा निस्कन लागेका हुन्।
भ्रमणका क्रममा प्रधानसेनापति क्षत्रीले चीनका उच्च पदस्थ सैन्य तथा अन्य अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। चीन यात्राकै क्रममा सेनापति मित्रराष्ट्र बर्मा समेत भ्रमण गर्ने कार्यक्रम छ।
चीन र बर्मा दुवै मुलुकको भ्रमणपछि क्षत्री २९ असारमा काठमाडौँ फर्किने कार्यक्रम तालिका छ। सेनापति क्षत्रीको अनुपस्थितिमा बलाधिकृतरथी पूर्णचन्द्र थापाले कामु प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्नेछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४