मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाँकेमा बाढीले सयौं घर डुबानमा, हुलाकी सडक भत्कियो, चारको मृत्यु 

बाँकेमा बाढीले सयौं घर डुबानमा, हुलाकी सडक भत्कियो, चारको मृत्यु 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
नेपालगन्ज : यस क्षेत्रमा आईतबार बेलुका देखि परेको अविरल बर्षाका कारण आएको बाढीमा परि बाँकेमा चार जनाको मृत्यु भएको छ । बाँके बैजनाथ गाउँपालिकामा २ र कोहलपुर नगरपालिका तथा डुडुवा गाउँपालिकामा एक/एक जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी टेक बहादुर तामाङ्का अनुसार, मृत्यु हुनेमा बाँके, बैजनाथ गाउँपालिका वडा नम्बर ३ निवासी ६५ बर्षिय तुलाराम बुढा, बैजनाथ ५ निवासी ३५ बर्षिय लोकबहादुर सुनार, कोहलपुर नगरपालिका वडा नम्बर ४ गौवागाउँ निवासी ४ बर्षिय बालक रन्जित पासी र डुडुवा गाउँपालिका वडा नम्बर २ निवासी ४ बर्षिया रिमा कुमारी यादव रहेका छन् ।
एसपी तामाङका अनुसार, सुनारलाई स्थानीय ज्वालीपुर नाला र बुढालाई जेठी नालाले बगाएको थियो । खोला तर्ने क्रममा ती दुबै जनालाई बगाएको एसपी तामाङले जानकारी दिए । यसैगरी कोहलपुरस्थित गौवागाउँ निवासी बालक रन्जितको घर नजिकको खाल्डोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । सडकबाट चिप्लिएर नालामा लडेका बालक मृत अवस्थामा फेला परेका थिए । डुडुवाकी रिमाको घर नजिकैको पानीमा डुबेर मृत्यु भएको हो । मृतक चारै जनाको शव भेटिसकेको प्रहरीले जनाएको छ ।

 नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका तथा बैजनाथ, खजुरा, जानकी, राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका विभिन्न घरहरु डुबानमा परेको प्रहरीले जनाएको छ । बाढी पसेर केही घरहरु समेत भत्किएका छन् । डुबान प्रभावित क्षेत्रमा सुरक्षाकर्मीलाई खटाइएको एसपी तामाङले बताए । 

नेपालगन्जको मुख्य सडकसहित उपमहानगरभित्रका दर्जनौ घर डुबेका छन् । न्युरोड, सहिद सेतु बिक चोक, घरबारी टोल, बेलासपुर लगायत स्थान डुबानमा परेका हुन् । न्युरोडका स्थानीय बासिन्दा घनश्याम थापाले ५० वटा भन्दा बढी पसल डुबेको बताए । ‘पानी बग्ने निकास पनि नहुँदा पसल डुबानमा  परेका हुन्,’ श्रेष्ठले भने । उपमहानगरको डुबान प्रभावित स्थानमा दिनभर डोजर र सुरक्षाकर्मी परिचालन गरेर पानीको निकास खोलिएको थियो ।

स्थानीय बासिन्दाका अनुसार न्युरोड, सहिद सेतु बिक चोक, घरबारी टोलमा रहेका पसल तथा होटलभित्र एक फिट भन्दा बढी पानी पसेको छ । नेपालगन्ज उपमहानगरपालिकाले समयमा ठुला नाला सफाई नगर्दा निकास थुनिएर डुबानमा परेको श्रेष्ठको आरोप छ । ‘उपमहानगरपालिकाले ठुला नाला सफाई गरेको भए यस्तो समस्या आउने थिएन,’ उनले भने ‘बजेट भएर पनि हाम्रा जनप्रतिनिधीको ईच्छा शक्ति भएन ।’ पानी पसेपछि पसलमा रहेका सामान भिजेका छन् ।
 
यस्तै नरैनापुरको कट्कुइँया, लक्ष्मणपुर, कालाफाँटा, नरैनापुर, मटेहिया र गंगापुरका दर्जनौं घर डुबानमा परेका छन् । पानीको सहज निकास नभएका कारण सयौं घरहरु डुबेका हुन् । 
 
बाढीले हुलाकी सडक भत्कायो
अविरल वर्षका कारण आएको बाढीले हुलाकी सडक भत्काएको छ । सडक भत्किदाँ राप्तीपारी क्षेत्र र सदरमुकाम नेपालगन्जको सडक सम्पर्क बिच्छेद भएको छ । निर्माणाधिन हुलाकी सडक ठाउँ–ठाउँमा भत्किएको स्थानीय बासिन्दाले बताएका छन् । कतिपय खोलामा पुल तथा कल्भर्ट निर्माण नहुँदा खोलाले सडकमा क्षति पु¥याएको उनीहरुको भनाई छ । 
 



 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।