काठमाडौं- झापाको पाडाजुङी-गौरीगञ्ज सडक खण्डको गौरादह डिपुचोकनजिक सोमबार दिउँसो टिपरले ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ।
अपरान्ह साढे तीन बजे पाडाजुङीतर्फबाट आउँदै गरेको मे४प १४७४ को मोटरसाइकललाई सोही दिशाबाट आएको ना३ख ८४७४ नम्बरको टिपरले ठक्कर दिएको थियो । गौरादह-१ का २२ वर्षीय विवेक दराल र बाहुनडाँगीका २१ वर्षीय नेल्सन भण्डारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
टिपर चालक माेरङ उर्लाबारीका प्रवेश भण्डारीलाई नियन्त्रणमा लिइएको झापा प्रहरी प्रमुख एसपी विष्णुकुमार केसीले जानकारी दिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४