सोमबार, वैशाख २९, २०८२

राष्ट्रपति भण्डारी लुम्बिनीमा

राष्ट्रपति विद्यादेवी भण्डारी बुद्ध जन्मस्थल लुम्बिनी आएकी छन्। सोमबार हेलिकोप्टरमार्फत उनी लुम्बिनी आएकी हुन्।
 |  आइतबार, कात्तिक १४, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १४, २०७८

vianetvianet

बुटवल– राष्ट्रपति विद्यादेवी भण्डारी बुद्ध जन्मस्थल लुम्बिनी आएकी छन्। सोमबार हेलिकोप्टरमार्फत उनी लुम्बिनी आएकी हुन्। लुम्बिनीमा नेपाल परम्परागत बौद्ध धर्म संघले जनस्तरबाट सहयोग रकम उठाएर निर्माण गरेको नेपाल बज्रयान महाविहार उद्घाटन गर्न राष्ट्रपति भण्डारी यहाँ आएकी हुन्।

triton college

उनले यहाँ आएर बज्रयान विहार पुजाअर्चनासमेत गरेकी छन्। परम्परागत तथा बौद्ध कला–संस्कृति झल्कने नेपाली विहार यहाँ निर्माण गरिएको छ। उनले केही समयमा उक्त विहार उद्घाटन गर्ने छिन्।

विहार उद्घाटनपछि राष्ट्रपति भण्डारी मायादेवी मन्दिर दर्शन र प्रार्थना गर्ने कार्यक्रम तय भएको छ। उनले लुम्बिनीमा निर्माणाधीन अन्तर्राष्ट्रिय सभा हल एवं बौद्ध ध्यान केन्द्रको अवलोकनसमेत गर्ने छिन्। यसपछि भण्डारीले लुम्बिनी विकास गुरुयोजनाको प्रगतिबारे जानकारी लिने जनाइएको छ।

लुम्बिनीपछि राष्ट्रपति भण्डारीले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आएर ‘ह्वाईट जेड’ धातुले बनेको बुद्ध मूर्ति अनावरण गर्ने कार्यक्रम छ। राष्ट्रपति लुम्बिनीमा आएपछि रुपन्देहीको सुरक्षा व्यवस्था कडा बनाइएको छ।

राष्ट्रपति भण्डारीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, प्रदेशका मन्त्रीहरू, राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराई, प्रदेशसभा सदस्यहरू, लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी, प्रदेश सरकारका पूर्व पर्यटन मन्त्री लीला गिरी, कोषका सदस्यसचिव सानुराजा शाक्य, विकास कोषका सदस्यहरूलगायतले स्वागत गरेका थिए।

National life insurance

प्रकाशित: Oct 31, 2021| 12:49 आइतबार, कात्तिक १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।