मंगलबार, असार ३०, २०८३

प्रदेश २ को राजधानी हिलाम्य : दर्जनौ गाउँ डुबानमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम-लगातारको वर्षाले धनुषाका दर्जन बढी गाउँ डुबानको जोखिममा परेका छन् । आइतबारबाट निरन्तर भइरहेको वर्षाले पूर्वी धनुषाका अधिकांश गाउँ बाढीको जोखिममा परेका छन् । 

लगातारको वर्षाले धनुषाको सखुवा मडान, सुन्दरपुर, दुब्बरकोट हथलेटवा, सिंग्याही मडान, पतनुखा, बलहा सघारा, कठाल लगायतका गाउँहरु बाढीको जोखिममा परेका छन् । कमलानदी छेउका यी गाउँहरु हरेक वर्ष बर्खा मौसममा बाढी र डुबानको जोखिममा पर्ने गरेका छन् । 

लगातारको वर्षाले गाउँ जलमग्न भएका छन् भने सदरमुकाम जनकपुरसँगको यातायातसमेत सम्पर्क विहीन अवस्थामा छ । जीर्ण रहेका त्यस भेगका सडकमा वर्षाका कारण यातायातका साधन गुड्न नसकेपछि सदरमुकामबाट सम्पर्क विहीन हुने अवस्था आएको स्थानीयको भनाई छ । 

बाढी नियन्त्रण र क्षतिबाट जोगिनसमेत स्थानीय तहहरुले पूर्व तयारीतर्फ ध्यान नदिएको मंगरहाका स्थानीय अर्जुन मण्डलले बताए । मण्डलका अनुसार बाढीको पानी गाउँहरुमा प्रवेश नगरेपनि लगातारको वर्षाले गाउँहरु जलमग्न भइसकेको छ । सोमबार थप वर्षा भए बाढीको पानी गाउँहरुमा छिर्ने निश्चित रहेको उनको भनाई छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी गोविन्द पराजुलीले नदीहरुमा पानीको सतह बढेपनि खतराको संकेत तत्काल नदेखिएको जनाए । आपतकालीन अवस्थाको लागि आफूहरु तयारी अवस्थामा रहेको जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका पराजुलीले नेपाल समयलाई जानकारी दिए । 

बाढीको जोखिमलाई दृष्तिगत गरी नेपाल प्रहरी, सशस्त्र प्रहरी, जिल्ला वन कार्यालयका कर्मचारीसहितको एक टोलीलाई सोमबार बिहानै रातुदेखि कमला नदी छेउछाउमा अनुगमन गर्न पठाइएको पराजुलीले बताए ।

प्रदेश २ को राजधानी जनकपुर जलमग्न

दुई दिनदेखि भइरहेको वर्षापछि प्रदेश २ को राजधानी जनकपुर जलमग्न भएको छ । अत्याधिक वर्षापछि करिब ५ किलोमिटर लम्बाई रहेको परिक्रमा सडक बाहेक अधिकांश सडक जलमग्न र हिलाम्य भएका छन् ।

निर्माणको क्रममा रहेको प्रमुख व्यापारिक केन्द्र जनक चोक–भानु चोक, जानकी मन्दिर–जनक चोक, जानकी मन्दिर–महावीर चोक सडक खण्ड हिलाम्य भएपछि हिँडडुल गर्न समेत समस्या उत्पन्न भएको छ । बर्खा आउनुपूर्व सरोकारबला निकायले निर्माणतर्फ चासो नदिँदा स्थानीय समस्या भोग्न वाध्य भएको व्यवसायी विजय साहले बताए । 

वर्षाका कारण उपमहानगरपालिकाको वडा नम्बर १, २, ४, १०,१३, लगायतका स्थानमा सडकहरु जलमग्न भएका छन् ।

विकास निर्माणमा रुपैयाँ खर्चको भन्दै नारा घन्काउँदै आएका स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुको पोल दुई दिनको वर्षाले खोलेको जनकपुर–८ का दिपक ठाकुरले बताए ।

गत वर्ष आएको बाढीबाट धनुषामा मात्रै ६९३ घर पूर्ण रुपमा क्षति भएको थियो भने ३ हजार ६ सय ७१ घरमा आंशिक क्षति भएको थियो । त्यसैगरी गत वर्ष बाढीको कारण २१ हजार ९ सय ६३ हेक्टरमा लगाइएको ९ लाख २५ हजार ६ सय ४६ मेट्रिक धान र ४३१ हेक्टर क्षेत्रफलमा पालिएको माछा क्षति भएको थियो । 

गत वर्षको बाढीमा धनुषामा २ पुरुष र १ महिला गरी तीन जनाको ज्यान समेत गएको थियो । गत वर्ष संकलन गरिएको तथ्यांक अनुसार धनुषामा २ अर्ब ३ करोड ३३ लाख ४८ हजार मूल्य बराबरको धनक्षति भएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।