काठमाडौं– काठमाडौं टेकुनजिकको सडक सोमबार बाढीले भरिएको थियो । बा१ज ३९३ नम्बरको ट्याक्सी चालकलाई यात्रुलाई गन्तव्यमा पुर्याउने हतारो थियो । त्यही हतारोबीच उनले ट्याक्सीलाई सडकमा जमेको पानीमा दौडाउन खोजे । बाढीको पानी साना सवारी साधन नै डुब्ने गरी जमेको थियो । भयो पनि त्यस्तै । ट्याक्सी पानीमा पस्यो । चालक काठमाडौं कपनका बद्री चौलागाईंले चलाखीपूर्वक यात्रुलाई भने बाहिर निकाले ।
सडकको दूरावस्थाको भिडियो हेर्नुहोस्
आसपासमा रहेका सवारी साधन र स्थानीय बासिन्दाको प्रयासमा ट्याक्सीलाई डोरी लगाएर बाहिर निकाल्ने प्रयास शुरु भयो । शुरुमा बाँधिएको डोरी चुँडियो । दोस्रो पटक डोरी बाँधेर करिब आधा घण्टाको प्रयासपछि मात्र ट्याक्सीलाई पानीबाट बाहिर निकाल्न सफलता मिल्यो । स्थानीय बासिन्दा प्रश्न गर्दै थिए, ‘यो सडक हो कि जलमार्ग ?’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...