बाँके-पौडी खेल्न नहरमा गएका बैद्यनाथ गाउँपालिका पाँचका लोकबहादुर सुनार मृत फेला परेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार डल्लेपुलको नालामा पौडी खेल्न गएका रत्नबहादुर सुनारका छोरा लोकबहादुरको नालामा डुबेर मृत्यु भएको हो ।
उनी पौडी खेल्न पसेको ठाउँबाट करिब २० मिटर टाढा उनको शव फेला परेको छ । बिहानै पौडी खेल्न गएका उनी निक्कै बेर नआएपछि उनको खोजी थालिएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४