मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चिकित्सा शिक्षा कानुनबाट सरकार 'ब्याक', अन्य २ विधेयकमाथि सैद्धान्तिक छलफल

चिकित्सा शिक्षा कानुनबाट सरकार 'ब्याक', अन्य २ विधेयकमाथि सैद्धान्तिक छलफल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- चिकित्सा शिक्षा विधेयकबाट सरकार 'ब्याक' भएपछि संसद्मा अन्य दुई विधेयकमाथि सैद्धान्तिक छलफल शुरु हुँदैछ ।
 
प्रतिनिधिसभाको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) विधेयकमाथि छलफल शुरु हुन लागेको हो ।
 
आन्दोलनरत डा. गोविन्द केसीसँग सरकारले गरेका सहमति र सम्झौता तथा माथेमा आयोगको प्रतिवेदनको सिफारिसको आधारमा ल्याइएको अध्यादेश परिवर्तन गरेर ल्याउन खोजिएपछि व्यापक विरोध भएको थियो । चौतर्फी विरोध र डा. केसीले पुनः आमरण अनशन शुरु गरेपछि सरकार चिकित्सा शिक्षा विधेयकबाट पछाडि हटेको हो ।
 
बेपत्ता छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी कानुन यसअघि सरकारले अध्यादेश ल्याएको थियो । सोही अध्यादेशलाई प्रतिस्थापन गर्न विधेयक संसद्मा टेबल गरिएको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।