मंगलबार, असार ३०, २०८३

कैलालीमा घर भत्कँदा एकको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
कैलालीमा घर भत्किएर एकजनाको मृत्यु धनगढी अविरल वर्षाका कारण कैलालीमा घर भत्किएर एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
गएराति घर भत्किएर गोदावरी नगरपालिका–९, धनचौरीकी ६२ वर्षीया दुथा रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । सुतिरहेका बेला घर भत्किँदा च्यापिएर उनको मृत्यु भएको हो । घरले च्यापेर मृतक रानाका श्रीमान ६५ वर्षीय कडेवा राना घाइते भएका छन् ।

कैलालीलगायत प्रदेश ७ का सबै जिल्लामा वर्षा भइरहेको छ । निरन्तरको वर्षा र डुवानले कैलालीको लम्कीचुहा नगरपालिका, टिकापुर नगरपालिका, जानकी गाउँपालिका, बर्दगोरिया गाउँपालिका, मोहोन्याल गाउँपालिकाको जनजीवन प्रभावित भएको छ । वर्षातका कारण लम्कीचुहाका निर्माणाधीन सबै सडक हिँड्डुल गर्न नमिल्ने भएका छन् ।

आइतबार रातिबाट परेको अविरल वर्षापछि अधिकांश क्षेत्र जलमग्न भएका छन् । ढल निकासको उचित व्यवस्थापन नहुँदा सबैजसो बजार तथा गाउँ क्षेत्रका चोकहरु डुबानमा परेका छन् । अत्तरिया बजारका करिब एक दर्जनभन्दा धेरै पसलमा पानी पसेको छ । अविरल वर्षाकै कारण अत्तरिया–धनगढी सडक क्षेत्रसमेत प्रभावित भएको छ ।
अत्तरिया–मोहन ६ लेन सडकमा निर्माणाधीन कल्भर्टका कारण पानी अवरुद्ध हुँदा समस्या भएको छ । वर्षाकै कारण अत्तरिया–धनगढी सडकका विद्युतका पोल ढलेर अलपत्र परेका छन् भने करेन्टको जोखिम बढेको छ । सोमबार बिहान अत्तरिया–धनगढी सडक खण्डको गेटामा विद्युत पोलबाट चुहावटका कारण करेन्ट लागेर एउटा गोरु मरेको छ ।

निरन्तरको वर्षासँगै कैलालीका अधिकांश नदीमा पानीको सतह बढेको छ । कर्णाली नदीमा पानीको बहाव चेतावनी चिह्ननजिक र मोहना नदीमा खतराको चिह्ननजिक पुगेको छ । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीका अनुसार मोहना नदीमा पानीको सतह २.९८ मिटर पुगेको छ । मोहना नदीमा चेतावनी २ मिटर हो भने ३ मिटरमा खतराको चिह्न हो । मोहना नदीमा पानीको सतह खतरानजिक पुगेपछि धनगढी र आसपासका बस्ती जोखिममा परेका छन् । कर्णाली नदीमा खतराको स्तर १०.८ मिटर रहेकोमा अहिले ७ मिटर पुगेको जिल्ला आपतकालीन सञ्जालले जनाएको छ ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।