मंगलबार, असार ३०, २०८३

पहिरोले पुरिएर रोल्पामा ३ युवतीको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
रोल्पा- रोल्पामा पहिरोले पुरिएर ३ युवतीको मृत्यु भएको छ । रुन्टीगडी–५ सैवाङमा माथिबाट खसेको पहिरोले घर एक घर पुर्दा उनीहरुको किचिएर मृत्यु भएको हो । 

मृत्यु हुनेमा एकैपरिवारका आमाछोरी २२ बर्षकी कमला विक र उनकी १८ दिनकी छोरी आयुषा विक रहेका छन् । छिमेकी १५ बर्षीया चित्रा विकको पनि पहिरोमा पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख विरेन्द्र थापाले जानकारी दिए । 

उनका अनुसार मृतक युवतीहरु घरभित्र आगो तापेर बसिरहेका बेला अक्स्मात पहिरो खसेको हो । पहिरो पुरिदा घटनास्थलमै २ जनाको र कमलाको भने स्थानीय स्वास्थ चौकी होलेरीमा उपचारको क्रममा मृत्यु भएको हो । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।