मंगलबार, असार ३०, २०८३

ब्राजिललाई यसकारण भारी पर्नेछ मेक्सिकोको चुनौती 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत जारी प्रि–क्वाटरफाइनलको खेलमा आज पनि दुई खेल हुँदैछन् ।
 
पहिलो खेलमा ब्राजिलविरुद्ध मेक्सिको मैदानमा उत्रिदा दोस्रो खेलमा कोलम्बियासंग जापान भिड्दैछ । पहिलो खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे हुने छ भने दोस्रो खेल राति पौने १२ बजे हुनेछ । 

आज हुने पहिलो खेलमा धेरैको आँखा जानेछ । जारी विश्वकपमा जर्मनीलाई पराजित गरेको मेक्सिकोले  ब्राजिललाई कडा टक्कर दिने अनुमान गरिएको छ । 

मेक्सिकोले समुह चरणको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन जर्मनीलाई १–० हराएको थियो भने दोस्रो खेलमा दक्षिण कोरियालाई २–१ ले पराजित गरेको थियो । तेस्रो खेलमा भने स्वीडेनसँग ३–० पराजय व्यहोरेको थियो । 

यता ब्राजिलले भने जारी विश्वकपमा समूह चरणको पहिलो खेलमा स्वीटजरल्याण्डसँग बराबरी, दोस्रो खेलमा कोष्टारिकासँग २–० को जित र तेस्रो खेलमा सर्वियासँग २–० को जित हात पार्दै समूह ‘इ’ को विजेताको रुपमा प्री क्वार्टर फाइनलको यात्रा तय गरेको हो ।

यस्तो छ मेक्सिकोको रणनीति 

जर्मनीलाई हराएको आत्माविश्वास बोकेको मेक्सिको हरहालतमा ब्राजिललाई पनि हराउने रणनीतिका साथ मैदानमा उत्रिदैछ । अघिल्लो पटकको विश्वविजेता जर्मनीलाई हराउँदा अपनाएको रणनीति उ आज पनि मैदानमा प्रयोग गर्ने तयारीमा छ । 

मेक्सिकोका कप्तान आन्द्रेस गुर्डाडोको सोचाइमा पाँच पटकको विश्व विजेतालाई हराएर दोस्रो चरणको दुर्भाग्य सधैंका लागि हटाउने यो सबैभन्दा उत्तम अवसर हो । मेक्सिको अहिलेसम्म क्वाटरफाइनल भन्दा माथि पुग्न सकेको छैन् भने पछिल्लो २४ वर्षदेखि उसले क्वाटरफाइनलमा खेल्ने प्यास पनि मेटाउन पाएको छैन् । 

हरेक विश्वकपमा चौथो खेलमा पराजित हुनु उसका लागि अभिसापजस्तै बनेको छ । गत संस्करणमा पनि अतिरिक्त समयमा उसले नेदरल्याण्ड्ससँग २–१ गोलको पराजय ब्यहोरेको थियो ।
ब्राजिल छैटौं पटक विश्वकपको दावेदार हो । तर, मेक्सिकन कप्तान गुर्डाडो भन्छन् कि ब्राजिली टिमका लागि धेरै अपेक्षा नै आफूहरुको बलियो हतियार हो ।

‘ब्राजिलबिरुद्ध हाम्रा लागि कुनै बहानाले काम चल्दैन ।’ कप्तान गुर्डाडोले भने, ‘यदि हामीले जित हासिल गर्यौं भने हाम्रा लागि त्यो भन्दा राम्रो अरु केहि हुँदैन ।’

फुटबलले हामीलाई यस्तो अवसर दिएको छ कि हामी यस अवसरमा वास्तवमै उत्साहित छौं । यो भन्दा राम्रो अवसर हाम्रा लागि हुन सक्दैन र यसलाई सकारात्मक बनाउन हामी सक्षम छौं ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।