मंगलबार, असार ३०, २०८३

मुग्लिन सडक आज पनि बन्द, यात्रुहरु पहिरोमै अलपत्र

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
 चितवन-  पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड फेरि बन्द भएको छ । सडकखण्डको चारकिलो, जलविरे र टोपेखोला लगायतका स्थानमा ठूलो पहिरो खसेपछि बाटो बन्द भएको हो ।

आइतबार रातीदेखिनै अबरुद्ध सडक बिहान ५ः१० बजेदेखि एकतर्फी रुपमा सञ्चालनमा आएकोमा  बिहान ८ बजे पुनः सोहि ठाउँमा ठुलो चट्टान खसेपछि बाटो पूर्णरुपमा ठप्प भएको ट्राफिक प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिहान ती स्थानमा ठुलो पहिरो गएकाले बाटो अवरुद्ध भएको हो । पहिरो पन्छाउन थालिएको भए पनि पानी परिरहेकाले पन्छाउन कठिन भएको नारायणगढ मुग्लिन सडक आयोजनाले जनाएको छ ।

 बन्दका कारण सयौं सवारीसाधन र हजारौं यात्रु अलपत्र परेका छन् । असार लागेसंगै हरेक दिनजसो जाने पहिरोका कारण मुग्लिन सडक बन्द हुँदै आएको छ ।

सरकारले उच्च जोखिममा रहेका भनिएको सडकखण्डमध्ये यो एउटा सडकखण्ड हो । सडक विस्तारका क्रममा रहेकाले यो सडकखण्डको भुई कालोपत्रे भएको भए पनि समय समयमा खस्ने पहिरोका कारण सडक जोखिम पूर्ण रहेको छ । 

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।