मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वर्षाले देशभरकाे जनजीवन प्रभावित, अझै दुई दिन पानी पर्ने

वर्षाले देशभरकाे जनजीवन प्रभावित, अझै दुई दिन पानी पर्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- लगातार परेको वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ ।

काठमाडौं उपत्यकालगायत देशका अधिकांश भागमा शनिबार रातीदेखि लगातार परेको वर्षाले बाढी पहिरोको जोखिम बढाएको छ भने सर्वसाधरणको दैनिकी समेत प्रभावित बनाएको हाे । 

मध्य तथा पश्चिम र चुरे क्षेत्रका केही ठाउँमा ठूलो वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार दिउँसोदेखि सुदूरपश्चिमको केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । 

देशभरी नै मनसुन सक्रिय भएकोले अझै दुई तीन दिन मौसम यस्तै रहने मौसमविदले बताएका छन् । लगातार वर्षा भइरहेका कारण बाढी पहिरोको सम्भावना रहेको भन्दै मौसमविद्हरुले सतर्क रहन सर्वसाधरणमा अपिल समेत गरेका छन् । 

मौसमविद् सुवास रिमालका अनुसार गोरखा, धादिङ, लमजुङ र कास्कीका केही भागमा बाढी र पहिरो को सम्भावना छ ।

पश्चिमको बबई र पश्चिम राप्तीमा बाढीको जोखिम तथा बागमती र नारायणी नदी आसापमा पनि बाढीको सम्भावना रहेको भन्दै उनले सावधानी अपनाउन आग्रह गरेका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।