पाल्पा- बुटवल-पाल्पा सडक खण्डको माथिल्लो सिद्धबाबा नजिकै पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।
पाल्पाको तिनाउ गाउँपालिका ३ हेडबक्स भन्ने स्थानमा पहिरो खस्दा आइतबार राती ११ बजेदेखि सडक अवरुद्ध भएको हो । अहिले पहिरो पन्छाउने काम भइरहेको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
वर्षा भइरहेकाले पहिरो पन्छाउन गाह्रो भएको ट्राफिक प्रहरीले जनाएको छ । यसक्षेत्रमा आइतबारदेखि लगातार वर्षा भइरहेको छ ।
सडक अवरुद्ध भएससंगै पाल्पा हुँदै विभिन्न जिल्लाबाट बुटवलतर्फ आइरहेका सयौं सवारीसाधन र हजारौं यात्रुहरु सडकमै रोकिएका छन् ।
बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पोखरा लगायतका स्थानतर्फ जाने सवारी साधन र यात्रुको तल्लो सिद्धबाबादेखि गोलपार्कसम्म लाइन लागेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४