काठमाडौं- राजधानी प्रवेश गर्ने मुख्य नाकाबाट फेरि सुन समातिएको छ । महानगरीय प्रहरी प्रभाग नागढुंगाले साेमबार बिहान ६ किलो सुन बरामत गरेकाे हो ।
काठमाडौं भित्रिदै गरेकाे बा ९५ प ८१९१ नम्बरको पल्सर बाइक चेक जाँच गर्दा प्रहरीले सुन बरामत गरेकाे हाे ।
सुनसहित सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकाका २३ बर्षीय चेन्जिङ तामाङलाई प्रहरीले पक्राउ गरेको छ । तामाङले कम्मरमा सुन बाँधेर राजधानी भित्राउन खाेजेकाे अवस्थामा पक्राउ गरिएकाे महानगरीय प्रहरी प्रभाग नागढुंगाले जनाएकाे छ ।
विशेष सूचनाका आधारमा सो परिणामको सुन बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी मोहन थापाले जानकारी दिए । सुन कसका लागि कहाँ लैजान खोजिको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए ।
प्रहरीले शनिबार नागढुंगा नाकाबाटै ३ केजी सुन बरामत गरेको थियो । उक्त सुनका विषयमा पनि अनुसन्धान भइरहेको जनाइएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४