शनिबार, चैत ७, २०८२

नामअघि 'डाक्टर' कसले लेख्ने? मेडिकल काउन्सिल र आयुर्वेद चिकित्सकबीच जुहारी!

व्यक्तिको नामको अघि 'डाक्टर/डा' क-कसले लेख्न पाउने भन्ने विषयमा नेपाल मेडिकल काउन्सिल र नेपाल आयुर्वेद चिकित्सक संघबीच जुहारी चलेको छ।
 |  बिहीबार, कात्तिक ११, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ११, २०७८

काठमाडौं- व्यक्तिको नामको अघि 'डाक्टर/डा' क-कसले लेख्न पाउने भन्ने विषयमा नेपाल मेडिकल काउन्सिल र नेपाल आयुर्वेद चिकित्सक संघबीच जुहारी चलेको छ। काउन्सिलले नामको अघि चिकित्सकको उपाधि प्रयोगबारे सूचना जारी गर्दै काउन्सिलमा दर्ता भएका व्यक्तिले मात्र नामको अघि डा लेख्न पाउने उल्लेख गरेपछि आयुर्वेद चिकित्सक संघले आपत्ति जनाएको हो। 

National life

कात्तिक १० गते काउन्सिलले जारी गरेको सूचनामा मान्यताप्राप्त शिक्षण संस्थाबाट आधुनिक चिकित्सामा स्नातक वा सो भन्दामाथिको योग्यता हासिल गरेकोले मात्र नामको अगाडि 'डाक्टर' लेख्न पाउने उल्लेख गरेको थियो। 

काउन्सिलको सूचनामा नेपाल मेडिकल काउन्सिल ऐन, २०२० को दफा २ को परिभाषा (घ) ‘चिकित्सक’ भन्नाले मान्यता प्राप्त शिक्षण संस्थाबाट आधुनिक चिकित्सा प्रणाली अन्तर्गत चिकित्सा शास्त्रमा स्नातकोपधि प्राप्त गरी सो सम्बन्धी व्यवसायमा लागेको व्यक्ति भएकाले र उसले मात्रा डाक्टर लेख्ने व्यवस्था रहेको उल्लेख गरेको थियो। 

आयुर्वेद चिकित्सक संघले भने मान्यताप्राप्त शिक्षण संस्थाबाट आयुर्वेद विज्ञानमा आयुर्वेदाचार्य, वैद्यरत्न वा आयुर्वेद स्नातक वा सो सरह उत्तीर्णले पनि नामको अगाडि डाक्टर लेख्ने पाउने भएकाले काउन्सिलको सूचनाप्रति आपत्ति जनाएको हो। 

मेडिकल काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले जारी गरेको सूचनामा काउन्सिल ऐन, २०२० को दफा २७ (१) मा कुनै व्यक्तिले आधुनिक औषधि सम्बन्धि चिकित्साको काम गर्ने हेतुले आफूले नपाएको आधुनिक औषधि सम्बन्धि डिग्री, डिप्लोमा, सर्टिफिकेट, लाइसेन्स वा उपाधि आफ्नो नामसँग जोडी लेख्न वा लेख्न लगाउन नहुने समेत उल्लेख छ। काउन्सिलमा चिकित्सकको रुपमा दर्ता नभएका व्यक्तिले डाक्टर लेख्नु वा प्रयोग गर्नु गैरकानुनी हुने उनको भनाइ छ। 

Laxmi sunrise bank
kumari

‘आयुर्वेद चिकित्सा परिषद ऐन, २०४५ (पहिलो संशोधन २०५५) ले आयुर्वेद स्नातक र सो भन्दा माथिको आयुर्वेदको शैक्षिक योग्यता भएका र आयुर्वेद चिकित्सा परिषद नेपालमा दर्ता भएका व्यक्तिहरु चिकित्सक भएको र अंग्रेजीमा डाक्टर भनिने व्यहोरा प्रष्ट रहेको छ,’ आयुर्वेद चिकित्सक संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

काउन्सिलको विज्ञप्ति

प्रकाशित: Oct 28, 2021| 16:07 बिहीबार, कात्तिक ११, २०७८
प्रतिक्रिया दिनुहोस्