शनिबार, चैत ७, २०८२

शिक्षामन्त्री र स्वीस राजदूतबीच शैक्षिक परियोजनामा लगानी गर्ने विषयमा छलफल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र स्वीजरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापेलरबीच शैक्षिक परियोजनामा लगानि गर्ने विषयमा छलफल भएको छ।
 |  बिहीबार, कात्तिक ११, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ११, २०७८

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र स्वीजरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापेलरबीच शैक्षिक परियोजनामा लगानि गर्ने विषयमा छलफल भएको छ। बिहीबार बिहान मन्त्रालयमा भएको भेटवार्तामा प्राविधिक तथा व्यवसायीक परियोजनामा लगानी गर्ने विषयमा दुई पक्षीय छलफल भएको हो। 

National life

भेटवार्ताको क्रममा मन्त्री पौडेलले स्वीजरल्याण्ड सरकारले नेपालमा प्राविधिक शिक्षाको विकास र विस्तारकालागि लामो समयदेखि प्राविधिक र आर्थिक क्षेत्रमा निरन्तर रुपमा सहयोग गर्दै आएकाले थप परियोजनामा सहयोग गर्न आग्रह गरेका हुन्।

मन्त्री पौडेलले प्राविधिक तथा व्यवासायिक शिक्षा एवम् तालिमको माध्यमबाट सीपयुक्त दक्ष जनशक्ति तयार गरि उत्पादन र उत्पादकत्व वृद्धि गर्दै समृद्ध नेपाल निर्माणको यात्रामा स्वीजरल्याण्ड सरकारबाट थप सहयोग प्राप्त हुने बताए। 

उनले भने, ‘हामी प्राविधिक शिक्षाको क्षेत्रमा वैदेशिक सहयोग परिचालन गर्ने सम्बन्धमा संयुक्त लगानी कार्यढाँचा (स्वाप मोडेल) विकास गरी साझेदारसँग सहकार्य गर्दै जाने सोचका साथ आवश्यक कार्य गरिरहेका छौं।यस विषयमा महामहिम राजदूतबाट थप प्राविधिक सहयोगको अपेक्षा समेत गरेका छौं।’

भेटवार्तामा राजदूत क्यापेलरले प्राविधिक तथा व्यवसायीक परियोजनाकालागि शिक्षा मन्त्रालयले आवश्यक कानुन पारित गरि लगानीको वातावरण सिर्जना गर्न आग्रह गरेका थिए। उनले भने, ‘हाम्रो देशमा ८० प्रशितमा विद्यार्थी प्राविधिक तथा व्यवासायीक शिक्षामा छन्।उनीहरु त्यहाँबाट सिधै रोजगारीमा केन्द्रीत हुन्छन्। त्यही अनुसार शिक्षामन्त्रालयले कानुन निर्माण गरोस् भन्ने हाम्रो भनाइ हो।’ 

Laxmi sunrise bank
kumari

स्वीजरल्याण्ड सरकारले जिरी र बालाजुमा प्राविधिक शिक्षालयको स्थापना, प्राविधिक तथा व्यावसायिक शिक्षामा प्रशिक्षकहरुका लागि तालिम, रोजगार कोष परियोजा, व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाका लागि प्राविधिक सहयोग, विद्यावारिधि र उच्च विद्यावारिधि गर्न छात्रवृत्तिलगायतमा सहयोग गर्दै आइरहेको छ।

प्रकाशित: Oct 28, 2021| 12:55 बिहीबार, कात्तिक ११, २०७८
प्रतिक्रिया दिनुहोस्