शनिबार, चैत ७, २०८२

त्रिवि स्नातक तह चौथो वर्षको परीक्षा आवेदन फारम भर्ने समय थप

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले स्नातक तह चौथो वर्षको परीक्षा आवेदन फारम भर्ने समय थप गरेको जनाएको छ।
 |  बिहीबार, कात्तिक ११, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ११, २०७८

काठमाडौं– त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले स्नातक तह चौथो वर्षको परीक्षा आवेदन फारम भर्ने समय थप गरेको जनाएको छ।

National life

पनिकाले स्नातक तह चौथो वर्षको व्यवस्थापन तथा शिक्षा शास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानका नियमित तथा आंशिक परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फारम भर्ने समय थप गरेको हो।

विश्वविद्यालयले २०७८ सालमा सञ्चालन हुने परीक्षाका लागि आवेदन फारम भर्ने समय कात्तिक १० गते सम्म कायम गरेकोमा बीचमा विदाको समय परेको हुँदा उक्त सूचनालाई संसोधन गरि कािित्तक १७ गते सम्म नियमित शुल्क र कात्तिक मसान्तसम्म दोब्बर दस्तुर तिरेर परीक्षार्थीले फारम भर्न सक्ने जनाएको हो ।

यसका साथै पनिकाले नियमित शुल्कको समय पश्चात इन्ट्री गर्न केहि दिन सर्भर बन्द हुने र कात्तिक २५ गते देखि दोब्बर शुल्कको लागि खुल्ला गरिने सूचनामा उल्लेख गरेको छ।

प्रकाशित: Oct 28, 2021| 12:36 बिहीबार, कात्तिक ११, २०७८
प्रतिक्रिया दिनुहोस्