शनिबार, जेठ २, २०८३

सार्वजनिक शिक्षामा सुधार गर्नु मेरो प्राथमिकता हो : शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा सुधार गर्न आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन्।
 |  बुधबार, कात्तिक १०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १०, २०७८

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा सुधार गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन्। बुधबार काभ्रेमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सार्वजनिक शिक्षा आफ्नो पहिलो प्राथमिकता भएको उल्लेख गरेका हुन्। 

National life

‘निजीको हामी विरोधी होइनौं,’ मन्त्री पौडेलले भने, ‘निजी क्षेत्रलाई नीति दिएर नियमन गरी सार्वजनिक शिक्षा सुधार गर्ने हाम्रो लक्ष्य हो। सार्वजनिक शिक्षा सुधार गर्ने मेरो पहिलो प्राथमिकता हो।’ 

सार्वजनिक शिक्षाको सुधारका विषयमा आफूले अध्ययन गरिरहेको बताउँदै केही समयमा नतिजा देखिने गरी काम हुने बताए। ‘अहिले शिक्षाभित्रका समस्या, चुनौतीका विषयमा सुक्ष्म अध्ययन गरिरहेको छु,’ मन्त्री पौडेलले भने, ‘आफ्नो कार्यअविधिमा हुन सक्ने काम हुन्छ।’ 

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको कार्यविधि बनाउँदै गरेको उल्लेख गर्दै उनले व्यवस्थित  रूपमा कार्यक्रम सञ्चालन गरिने बताए। 'अर्थ मन्त्रालयसँग बजेट चाहियो भन्दा बजेट थोरै छ भनेको छ,’ उनले भने, ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई कार्यविधिमार्फत् वितरण गछौं।’ 

काभ्रे काठमाडौंबाट नजिकै भएकोले पूर्वाधार विकासमा थोरै प्रगति भए पनि स्थानीयको जीवनस्तर सुधार हुने उनको भनाइ छ। 

प्रकाशित: Oct 27, 2021| 17:56 बुधबार, कात्तिक १०, २०७८
प्रतिक्रिया दिनुहोस्