मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एसर्इर्इ नतिजामा लापरबाही गर्ने परीक्षा नियन्त्रक रेग्मीलार्इ कारबाही

एसर्इर्इ नतिजामा लापरबाही गर्ने परीक्षा नियन्त्रक रेग्मीलार्इ कारबाही

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौँ- एसईई परीक्षाको नतिजा प्रकाशनमा लापरबाही गरेको भन्दै परीक्षा नियन्त्रण कार्यालयका प्रमुख अम्बिकाप्रसाद रेग्मीलार्इ कारबाही स्वरुप मन्त्रालय तानिएको छ।  

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार साँझ उनलाई कारबाहीस्वरुप मन्त्रालय तानिएको मन्त्रालय स्रोतले जनाएको छ। स्रोतका अनुसार शिक्षामन्त्री गिरिराजमणि पोखरेलले रेग्मीलाई मन्त्रालय तान्न निर्देशन दिएका हुन्। 

उनका अनुसार तत्कालका लागि परीक्षा नियन्त्रण कार्यालयको जिम्मेवारी पाठ्यक्रम विकास केन्द्रका प्रमुख कृष्णप्रसाद काप्रीलाई दिइएको छ। प्रतिवेदनको थप अध्यननपछि अन्य दोषीलाई पनि कारबाही गरिने मन्त्रालय स्रोतले जनाएको छ।

एसईई नतिजा प्रकाशन गर्दा ९ हजार ६४ जना विद्यार्थीको रिजल्टमा 'ब्लण्डर' गरेको भेटिएको थियो । त्रुटी सार्वजनिक भएपछि मन्त्रालयले शिक्षक सेवा आयोगका प्रशासकिय प्रमुख डा. तुलसी थपलियाको संयोजकत्वमा ३ सदस्यीय छानविन गठन गरेको थियो। छानविन समितिले आईतबार प्रतिवेदन बुझाए लगत्तै रेग्मी मन्त्रालय तानिएका हुन् । 

यो पनि पढ्नुहोस्

सलिनाले मृत्यु रोजिन्, तिमीहरू राजिनामा नदिने ?

 

परीक्षा बोर्डको चरम लापरवाही : नतिजा 'बी'मा झारिदिएपछि सलिनाले मृत्यु रोजिन्

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।