शनिबार, चैत ७, २०८२

सीटीईभीटीको मौका परीक्षा मंसिरमा

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले मौका परीक्षाको आवेदन फारम खुला गरेसँगै मंसिरमा परीक्षा सञ्चालन गर्ने जनाएको छ।
 |  बुधबार, कात्तिक १०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १०, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं–  प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले मौका परीक्षाको आवेदन फारम खुला गरेसँगै मंसिरमा परीक्षा सञ्चालन गर्ने जनाएको छ। 

परिषद्ले आंगिक, साझेदारी, सामुदायिक विद्यालय र निजी स्तरमा सञ्चालित विभिन्न विषयको विशेष प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रमतर्फ नियमति रुपमा उत्तिर्ण भई तेस्रो वर्ष र तेस्रो वर्ष दोस्रो खण्डमा कुनै एक विषय अनुतिर्ण भएका विद्यार्थीको सैद्धान्तिक र प्रयोगात्मक मध्ये एक विषयको मौका परीक्षाको लागि आवेदन फारम खुला गरेको हो।

परिषद्ले मौका परीक्षा मंसिर महिनामा सञ्चालन गर्ने भएकाले यही कात्तिक २६ गतेभित्र नियमित शुल्क र मंसिर ३ गतेभित्र बिलम्ब शुल्क तिरेर आवेदन फारम भर्न सुचित गरेको छ। यसका साथै परिषद्को परीक्षा नियन्त्रण कार्यालयले नियमिततर्फको परीक्षाको नतिजाको प्रतिलिपि अनिवार्य रुपमा आवेदन फारमसँगै पेश गर्न सुचित गरेको छ ।

प्रकाशित: Oct 27, 2021| 14:00 बुधबार, कात्तिक १०, २०७८
प्रतिक्रिया दिनुहोस्