मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • समतामुलक समृद्धी अभियानका लागि विवेकशील साझाको 'समता संवाद श्रृंखला' शुरु

समतामुलक समृद्धी अभियानका लागि विवेकशील साझाको 'समता संवाद श्रृंखला' शुरु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- विवेकशील साझा पार्टीले मानव अधिकार, सामाजिक न्याय, समावेशिता, तथा मानव मर्यादालाई केन्द्र विन्दुमा राखेर अन्तरकृयात्मक कार्यक्रम 'समता संवाद श्रृंखला' सञ्चालनमा ल्याएको छ। 

पार्टीको सामाजिक न्याय तथा समावेशिता विभागले शुरु गरेको अन्तरकृया शृंखलामा समानता, सामाजिक न्याय र मानव मर्यादाका विभिन्न पाटाहरुबारे मासिक अन्तरकृयात्मक बहस शुरु गरिएको विभागको प्रमुख समेत रहेका केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले वताए।
 
श्रृंखलाको पहिलो प्रस्तुती प्रख्यात पुरस्कार 'फ्रीडम फ्रम फियर' अवार्डबाट हालै सम्मानित उर्मिला चौधरीलाई मुख्य वक्ताका रुपमा प्रस्तुत गरेर शनिबारबाट आरम्भ गरिएको छ । 

समता संवादमा आफ्नो प्रस्तुती राख्दै  सामाजिक अभियानकर्ता चौधरीले ६ वर्षको उमेरदेखि कमलरी जीवनमा भोग्नु परेको हिंशा,दमन,विभेद देखि दासता मुक्ति आन्दोलनमा खेलेको भूमिकावारे आफ्ना अनूभव, भोगाई,सिकाई तथा प्रेरणादायी धारणा व्यक्त गरे।

'समानताको लडाइ सकिएको छैन, असमानता, विभेद र विकृति विरुद्ध खुलेर वोल्न, सकृयता देखाउन र अभियान सञ्चालन गर्न तपाइ हामी एक जुट हुनै पर्ने, चौधरीको भनाई थियो।
 
समारोहमा विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले समानता विनाको समृद्धी दिगो हुन नसक्ने भन्दै सामाजिक न्याय र समावेशिता पार्टीको मुटु भएको संज्ञा दिए। 

अर्का संयोजक उज्वल थापाले समता अभियानमा नयाँ पुस्ता तयार हुनुपर्नेमा जोड दिए। अन्तरकृयालाई पार्टी केन्द्रीय सदस्य रेशु अर्याल ढुंगाना,समता अभियानकर्ता प्रतिक क्षेत्री र नेहा मल्लले सहजीकरण गरेका थिए।

अन्तरकृयात्मक कार्यक्रम “समता संवाद श्रृंखला”को अर्को प्रस्तुती साउन दोश्रो साता हुने विभागले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।