मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • फुजेल काण्डका दोषीलाई पक्राउ गर्न प्रधानमन्त्रीको निर्देशन

फुजेल काण्डका दोषीलाई पक्राउ गर्न प्रधानमन्त्रीको निर्देशन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सरकारले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषीलाई पक्राउ गर्न आदेश दिएको छ। विगत एक दशकदेखि छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारवाही माग गर्दै आएकी गोरखा फुजेलकी नन्दमाया अधिकारी अनशनमा छिन् । प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा जानुअघि नै अनशन तोडाउन निर्देशन दिएका थिए। 

स्रोतका अनुसार उनी त्यसका लागि तयार थिइन। कानुन मन्त्री शेरबहादुर तामाङले प्रधानमन्त्रीले फुजेल हत्याकाण्डका अभियुक्तलाई पक्राउ गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको नेपाल समयलाई जानकारी दिए । कृष्णप्रसादको हत्यामा छविलाल पौडेल, जानुका पौडेल, भीमसेन पौडेल र रामप्रसाद अधिकारी संलग्न भएको बताउँदै अभियोग दायर गरिएको थियो। सर्वोच्च अदालतले समेत उनीहरूलाई पक्राउ गर्न आदेश दिएको थियो। 

पछिल्लो समय १५ जेठदेखि छोरा कृष्णप्रसादको हत्या गर्ने दोषीलाई कारवाही माग गर्दै आमरण अनसन बसेकी गंगामायाको शरीर सुन्निएर जटिल बनेको छ। उनका हात सुन्निएर नसा नभेटिएपछि घाँटीको नसाबाट स्लाइन दिइएको वीर अस्पतालका निर्देशक डाक्टर भूपेन्द्र बस्नेतले बताए।

नन्दमायाका छोरा कृष्णप्रसादको स्थायी घर गोरखाको फुजेलबाट चितवन आफन्तकोमा गएका बेला तत्कालीन माओवादी कार्यकर्ताले २४ जेठ ०६१ मा हत्या गरेका थिए। 

छोराको हत्याका दोषीलाई कारवाही गर्नुपर्ने बताउँदै आमा गंगामाया र बुवा नन्दप्रसादले आमरण अनशन थालेका थिए। आमरण अनशनकै क्रममा नन्दप्रसादको ६ असोज ०७१ मा वीर अस्पतालमा तीन सय ३४ औं दिनमा मृत्यु भएको थियो। नन्दप्रसादको अन्त्येष्टी अझै भएको छैन। उनको शव शिक्षण अस्पताल महाराजगञ्जमा छ। 

वीर अस्पतालको आईसीयूको ६ नम्बर बेडमाराखिएकी गंगामाया बोल्न नसक्ने अवस्थामा छिन्। उनले अरूले बोलेको सुनेर आँखाले इशारा गर्ने गर्छिन्। गंगामायालाई राखिएकै आईसीयूको बेडमा उनका पति नन्दप्रसादको निधन भएको मानवअधिकारकर्मी चरण प्रसाईंले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।