शनिबार, चैत ७, २०८२

लोकसेवा ऐन अध्यादेशमार्फत संशोधन

कर्णाली प्रदेश लोकसेवा आयोग ऐन संशोधन गरिएको छ। अध्यादेशमार्फत मंगलबार ऐन संशोधन गरिएको हो।
 |  बुधबार, कात्तिक १०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १०, २०७८

सुर्खेत- कर्णाली प्रदेश लोकसेवा आयोग ऐन संशोधन गरिएको छ। अध्यादेशमार्फत मंगलबार ऐन संशोधन गरिएको हो। प्रदेश सरकारले कात्तिक ७ गते ऐन संशोधन गर्न बनेको अध्यादेश जारी गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो।

National life

संविधानको धारा २०२ को उपधारा ९१० बमोजिम मंगलवार प्रदेश प्रमुख कलौनीले उक्त अध्यादेश जारी गरेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीले जानकारी दिए।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले ‘प्रदेश लोकसेवा आयोग ऐन-२०७५ संशोधन गर्न बनेको अध्यादेश-२०७८’ जारी गरेका हुन्। योसँगै कर्णाली प्रदेश लोकसेवा आयोग ऐन दोस्रो पटक संशोधन भएको छ।

प्रदेश लोकसेवा ऐन २०७५ चैत २७ गते प्रदेशबाट पारित ऐन यसअघि २०७७ जेठ ३० गते प्रदेशसभाले संशोधन गरिएको थियो।

प्रकाशित: Oct 27, 2021| 07:46 बुधबार, कात्तिक १०, २०७८
प्रतिक्रिया दिनुहोस्