सोमबार, फागुन १८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • प्रदेश २ सरकारले अध्यादेशबाट सरकार चलाउने खोजेको विपक्षी दलको आरोप

प्रदेश २ सरकारले अध्यादेशबाट सरकार चलाउने खोजेको विपक्षी दलको आरोप

प्रदेश २ सरकारले विश्वविद्यालय स्थापनासम्बन्धी दुईवटा अध्यादेश सिफारिस गरेको छ।
 |  मंगलबार, कात्तिक ९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ९, २०७८

जनकपुरधाम- प्रदेश २ सरकारले विश्वविद्यालय स्थापनासम्बन्धी दुईवटा अध्यादेश सिफारिस गरेको छ।

प्रदेश सरकारले पहिलो पटक अध्यादेशमार्फत कुनै कानुन ल्याउन लागेको हो। मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले वीरगंजमा प्राविधिक विश्वविद्यालय र सप्तरीको राजविराजमा कृषि विश्वविद्यालय स्थापनाका लागि अध्यादेश जारी गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा संचारमन्त्री भरतप्रसाद साहले बताए। प्रदेश प्रमुखबाट अध्यादेश जारी भएलगतै दुवै विश्वविद्यालय स्थापनाको बाटो खुला हुने मन्त्री साहले बताए।

प्रदेशलाई कृषि र प्राविधि क्षेत्रका लागि चाहिने आवश्यक उच्चस्तरीय दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले समय सापेक्ष, व्यापक, व्यावहारिक र स्तरीय बनाउन प्रदेशस्तरीय कृषि तथा प्राविधिक विश्वविद्यालय स्थापना आवश्यक देखिएकाले नेपालको संविधानको धारा २०२ बमोजिम प्रदेशसभा संचालनमा नरहेको अवस्थामा अध्यादेश सिफारिस गरेको मन्त्री साहले बताए।

त्यसैगरी प्रदेश सरकारले 'ग्रिन सिटी, क्लिन सिटी'अन्तर्गत पहिलो चरणमा जनकपुरधाम, राजविराज र वीरगंजमा सरसफाइ, बिजुली बत्ती तथा वृक्षरोपण कार्य संचालन गर्ने निर्णयसमेत गरिएको मन्त्री साहले बताए।

मन्त्रिपरिषद्ले प्रदेश सरकारद्वारा संचालित विकास निर्माणका कार्यलाई प्राविधिकसहितको उच्चस्तरीय टोलीद्वारा स्थलगत निरीक्षण गराई ढिला सुस्ती एवं गुणस्तरहीन काम गरिरहेको पाइए त्यस्ता ठेक्केदार कम्पनीलाई बैंक ग्यारेन्टी जफतदेखि कालो सूचीमा राख्नेसम्मको कारबाही प्रक्रिया अघि बढाउने निर्णयसमेत गरेको छ।

kumari

यसबैबीच प्रदेशसभाको प्रमुख विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सरकारले ल्याएको अध्यादेशको विरोध गरेको छ। सरकारले विजनेस नदिई प्रदेशसभालाई स्थगित गरेर अध्यादेशमार्फत दुईवटा विश्वविद्यालयसम्बन्धी अध्यादेश ल्याउनु लोकतान्त्रिक व्यवस्थाको उपहास भएको लोसपाको टिप्पणी छ। लोसपाका संसदीय दलका नेता जितेन्द्र सोनलले प्रदेशसभामा दुई तिहाइ बहुत हुँदाहुँदै प्रदेश सरकारले चोरबाटोबाट ल्याएको विधेयक कार्यान्वयन भएको खण्डमा आफूहरू कडा रूपमा प्रस्तुत हुने बताए। सरकारले अध्यादेशमार्फत सरकार चलाउन खोजेको पनि उनले बताए। 

- न्युज कारखाना   

प्रकाशित: Oct 26, 2021| 20:53 मंगलबार, कात्तिक ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।