सोमबार, फागुन १८, २०८२

धनुषामा ३५ वडामा एमालेको अधिवेशन अझै बाँकी

नेकपा एमालेले निर्धारण तालिका अनुसार मंगलबार नगर अधिवेशन गर्नुपर्ने थियो । तर, कयौं वडामा वडा अधिवेशन हुन नसकेका कारण नगर अधिवेशन अन्यौलमा परेको छ।
 |  मंगलबार, कात्तिक ९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ९, २०७८

जनकपुरधाम- नेकपा एमालेले निर्धारण तालिका अनुसार मंगलबार नगर अधिवेशन गर्नुपर्ने थियो । तर, कयौं वडामा वडा अधिवेशन हुन नसकेका कारण नगर अधिवेशन अन्यौलमा परेको छ। 

धनुषाको १८ वटा पालिका मध्ये १६ पालिकाका केही वडामा विवादका कारण वडा अधिवेशन सम्पन्न हुन नसकेकाले नगर अधिवेशन अन्यौलमा परेको छ। धनुषाका ३५ वटा वडामा अधिवेशन हुन नसकेको एमालेको धनुषा अध्यक्ष राजकिशोर यादवले जानकारी दिए। 

अधिकांश स्थानीय तहको केही वडामा कार्यकर्ताहरू बीच विवाद रहेकाले समयमै वडा अधिवेशन हुन नसकेको हो। यादवले भने, ‘केही वडामा अधिवेशन हुन सकेको छैन भने केही वडामा पार्टीले नै अधिवेशन गराउन सकेन।’ 

एमाले जनकपुरधाम नगर समितिका अध्यक्ष श्याम पूर्वेका अनुसार जनकपुरधाम उपमहानगरमा २५ वटा वडा मध्ये ८ वटा वडामा वडा अधिवेशन हुन सकेको छैन। उनले जनकपुरधाम उपमहानगरको केहि वडामा अधिवेशन नहुँदा जनकपुरधामको नगर अधिवेशन हुन नसकेको बताए। 

जनकपुरधाम उपमहानगरकै २५ वडा मध्ये १७ ओटा वडामा अधिवेशन सम्पन्न भए पनि ८ वटा वडामा भने विभिन्न विवादहरुका कारण अधिवेशन हुन नसकेको एमालेको प्रदेश सदस्य शिवशंकर साह हिराले बताए । यद्यपि ती वडाहरूमा सहमति गराउने प्रयास भइरहेको उनको भनाई छ। एक सप्ताह भित्रै जनकपुरधामको नगर अधिवेशन पनि सकाउने तयारी रहेको हिराले जानकारी दिए। 

kumari

यद्यपि मिथिला नगरपालिका र बटेश्वर गाउँपालिकामा वडा अधिवेशन सकाएर नगर अधिवेशन जारी रहेको छ। यादवका अनुसार यी दुबै पालिकाको अधिवेशन भोलीसम्ममा नेतृत्व चयन गरेर समाप्त हुनेछ।

प्रकाशित: Oct 26, 2021| 19:32 मंगलबार, कात्तिक ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।