सोमबार, चैत ४, २०८१

प्रदेश २ : प्रदेशसभालाई बन्धक बनाएर ल्याइयो दुई वटा अध्यादेश

प्रदेश २ सरकारले प्रदेशसभालाई बन्धक बनाएर दुई वटा अध्यादेश ल्याएको छ। प्रदेश सरकारले विश्वविद्यालय स्थापना सम्बन्धि २ वटा अध्यादेश ल्याएको हो।
 |  मंगलबार, कात्तिक ९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ९, २०७८

जनकपुरधाम– प्रदेश २ सरकारले प्रदेशसभालाई बन्धक बनाएर दुई वटा अध्यादेश ल्याएको छ। प्रदेश सरकारले विश्वविद्यालय स्थापना सम्बन्धि २ वटा अध्यादेश ल्याएको हो। 

health

मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले वीरगन्ज प्राविधिक विश्वविद्यालय र कृषि विश्वविद्यालय सप्तरी स्थापना सम्बन्धी अध्यादेश जारी गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिए। 

प्रदेशसभा संचालनमा नरहेकोले नेपालको संविधानको धारा २०२  बमोजिम अध्यादेश ल्याएको मन्त्री साहले जानकारी  दिएका हुन्। प्रदेश २ को प्रदेशसभा लामो समयदेखि बन्द अवस्थामा रहेको छ। असारपश्चात मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिनका लागि प्रदेशसभा बोलाएका थिए। विश्वासको मत लिएर पुनः प्रदेशसभालाई अनिश्चित कालको लागि स्थगित गरिएको छ। 

कृषि तथा प्राविधिक सम्बन्धि उच्च स्तरीय जनशक्ति उत्पादन तथा कृषि र प्राविधिक सम्बन्धि अध्ययन अनुसन्धानलाई समय सापेक्ष, व्यापक, व्यवहारिक र स्तरीय बनाउन प्रदेश स्तरीय कृषि तथा प्राविधिक विश्वविद्यालय स्थापना आवश्यक देखिएको प्रदेश सरकारले जनाएको छ । 

त्यस्तै आजको बैठकले ग्रिन सिटी क्लिन सिटी अन्तर्गत पहिलो चरणमा जनकपुरधाम, राजविराज र विरगंजमा सरसफाई, विजुली बत्ति तथा वृक्षारोपण कार्य संचालन गर्ने निर्णय समेत गरिएको प्रवक्ता साहले बताए ।

प्रकाशित: Oct 26, 2021| 13:55 मंगलबार, कात्तिक ९, २०७८
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।